बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने : गृहमन्त्री

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने : गृहमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।

निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका अधिकारकर्मीहरुलाई शनिबार भेट्न गएर उनले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्। यसअघिका सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको भन्दै लामिछानेले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्।

छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने गृहमन्त्री लामिछानले अधिकारकर्मीसामु बताएका छन्।

‘मलाई एक पटक राम्रोसँग काम गर्न दिनुहोला। अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरुलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईंहरुले भन्नुभएको कुरामा हामी क्रमबद्ध रुपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थाल्छु मलाई समय दिनुहोस्,’ गृहमन्त्री लामिछानेले भने।

धर्नामा बसेकी अधिकारकर्मी रुवी खानले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र गृहमन्त्री रवि लामिछानेले धोका नदिने विश्वास व्यक्त गरिन्। न्याय नपाएसम्म धर्ना बसिरहने खानको भनाइ छ। कुर्मी र धोबीको न्यायको निम्ति उनीहरुले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन्। माइतीघर मण्डलामा हाल उनीहरुले तेस्रो चरणका रुपमा आन्दोलन गरिरहेका हुन्।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिइएको उनीहरुको आरोप छ। अधिकारकर्मी रुवी खान नेतृत्वको समूहले ४ बुँदे मागसहित धर्ना दिइरहेका छन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मीहरुको माग छ।

उक्त घटनाको सम्बन्धमा सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको अधिकारकर्मीहरुको आरोप छ। निर्मला कुर्मीको जग्गा कब्जा गर्नका लागि उनको हत्या गरिएको प्रदर्शनकारीहरुको आरोप छ। उक्त प्रकरणको छानविनका लागि सरकारले समितिसमेत गठन गरेको थियो।

निर्मला कुर्मीका श्रीमान्‌को २०६२ शालमा निधन भएको थियो। त्यसपछि दुई छोराहरुसँग बस्दै आएकी निर्मलाको २०६६ सालमा दुवै छोराको १० दिनको अन्तरालमै शंकास्पद निधन भएको थियो। त्यसपछि २०६९ मा विभिन्न व्यक्तिले निर्मलाको नाममा रहेको १० कठ्ठा जग्गा अन्यले नै नामसारी गरेको पाइएको थियो।

यस्तै नकुन्नी धोबी बाँकेमा घरेलु हिंसाबाट मारिएकी हुन्।

यो पनि पढ्नुहोस्

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

१२ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार झिनो अंक ०.९४ ले बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक