शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खोप नलाउँदा नेपालगञ्जमा दादुराको प्रकोप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
खोप नलाउँदा नेपालगञ्जमा दादुराको प्रकोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । तर, हरेक वर्ष देशका विभिन्न भागमा दादुराको प्रकोप देखिएकाले यो लक्ष्य प्राप्तिमा चुनौती छ । बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरपालिकामा गत साता दादुराको प्रकोप फैलियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार शुक्रबारसम्म १३० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

गत वर्ष पनि जाजरकोट र धादिङमा दादुराको संक्रमण पुष्टि भएको थियो । सरकारले दादुराको खोपलाई नियमित खोपमै समावेश गर्दै आएको छ । बालबालिकालाई दादुराको खोप ९ महिनामा पहिलो र १५ महिनामा दोस्रो मात्रा दिइँदै आएको छ ।

कसरी फैलियो दादुराको प्रकोप ?

संक्रमण फैलिएको क्षेत्रका बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पुरा नगरेको पाइएको छ । ‘अहिले संक्रमण भएका बालबालिकामध्ये ९० प्रतिशतले खोप नलगाएको पाइएको छ’, पौडेलले अनलाइनखबरसँग भनिन्, ‘नियमित खोप वितरण भइरहे पनि यहाँ धेरै बालबालिका खोप लगाउन छुटेकाले संक्रमण फैलिएको हो ।’

तर, यस बिषयमा अनुसन्धान भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख पौडेलका अनुसार ५ बर्षभन्दा माथिका बालबालिकामा संक्रमणको प्रकोप बढी देखिएको छ । ‘खोपलाई सामान्य रूपमा लिनु नै यहाँको समस्या देखिएको छ । मुस्लिम धर्म मान्ने अभिभावकले बालबालिकाको खोपको महत्वलाई बुझेको देखिँदैनन् । त्यही समुदायको बढी बालबालिकामा संक्रमण फैलिएको देखिन्छ’, उनले थपिन् ।

सरकारले नियमित निःशुल्क खोप दिइरहेको छ । तर, उपमहानगरपालिकाकै वडामा खोप छुटेर दादुरा फैलिनु चिन्ताको विषय बनेको छ ।

अहिले नेपालगञ्जमा देखिएको प्रकोपलाई विश्लेषण गरेपछि मात्र रोग फैलिनुको कारण र खोपको प्रभावबारे थाहा हुने उनको भनाइ छ ।

‘दादुराका लागि रणनीति हामीले अपनाउँदै आइरहेको छौँ । हामीले महामारीकै रूपमा लिएर बालबालिकालाई खोप दिइरहेका छौं’, उनले भनिन्, ‘पूर्ण खोप भनिए पनि दादुराको प्रकोप फैलिएसँगै कहाँ त्रुटि भयो भनेर हामीले अनुगमन तथा अनुसन्धान सुरु गरिसकेका छौँ ।’

आर्थिक वर्ष २०७६÷७७ मा दादुरा–रुबेला विरुद्धको खोपको पहिलो मात्रा लिने बालबालिकाको खोप कभरेज दर ७०.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ उक्त दर ८०.९ प्रतिशतमा पुग्यो । आर्थिक वर्ष २०७८÷७९ मा यो कभरेज दर ९२. ८ प्रतिशत पुग्यो । तर, लुम्बिनी, गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशमा खोप कभरेज दर ८५ प्रतिशत हाराहारी छ । यो तथ्यांकले धेरै बालबालिकाकाले नियमित खोप छुटिरहेको देखिन्छ ।

नेपालमा दादुराको खोप अभियान सन् २००४ सालदेखि सुरु भएको हो । धेरै मानिसमा पहिलो डोजको प्रयोग भइपछि दोस्रो डोजबारे कम जानकारी हुनुले वा दोस्रो डोजको कभरेज कम हुनुले निवारणमा थप चुनौती आइपरेको विज्ञहरूको भनाइ छ ।

दादुरा यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो ।

यी रोगहरू सामन्यतः पाँच वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यो रोग खोक्दा वा हाच्छ्यू गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स–साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।

दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । ज्वरोको सुरुवातमा दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ ।

दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ । दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभएको खण्डमा रोगीको मृत्युसमेत हुन सक्छ ।

चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण उपचार गर्नुपर्छ । राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ ।

बाँकेमा १८ हजार ३९० लक्षित बालबालिका रहेकामा हालसम्म करिब १० हजारलाई खोप लगाइएको हो । अब ८ हजार ४२७ बालबालिकालाई खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा खोज्ने अभियान समेत सञ्चालन गरेको प्रमुख पौडेलले जानकारी दिइन् ।

‘हामी हरेक बच्चाहरु खोज्दै हिडिरहेका छौं । दादुराको लक्षण देखिने बित्तिकै स्वास्थ्यकर्मी सम्बन्धित ठाउँमा जानुहुन्छ । धेरै बालबालिकामा खोप दिइसकेकाले संक्रमण अहिले नियन्त्रणमा छ’, उनले भनिन् ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

६ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक