बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाँच लाख भक्तजनको व्यवस्थापन गरिने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पाँच लाख भक्तजनको व्यवस्थापन गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नवलपुर । माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने भएकाले सोहीअनुसारको व्यवस्था गरिएको हो । “देवघाटधाम हिन्दुको पवित्र तीर्थस्थलका रूपमा रहेकाले यहाँ माघ स्नानका लागि स्वदेशी तथा विदेशी भक्तजन आउने गर्छन्”, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले भन्नुभयो, “यहाँ तीर्थयात्रीको व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिएको छ ।” बिहीबार देवघाटको गलेश्वर आश्रममा पत्रकार सम्मेलन गर्दै अध्यक्ष अधिकारीले तीर्थयात्रीका लागि आवश्यक पर्ने खानेपानी, बिजुली बत्ती, सडक, स्नानघाट, धुनी, सवारीसाधन पार्किङ, शौचालयलगायतका सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

देवघाटधामको वेणी सङ्गमस्थलमा पुस ३० गते बिहान विधिपूर्वक बाँसको लिङ्गो गाडेपछि माघ स्नान शुभारम्भ हुने अधिकारीले बताउनुभयो । “वेणीमा बाँसको लिङ्गो गाडेपछि माघ स्नान आरम्भ हुन्छ, सोही दिनदेखि नै टाढा–टाढाबाट आउने तीर्थालुको देवघाटमा आगमन सुरु हुन्छ”, अधिकारीले भन्नुभयो । देवघाट मेलालाई व्यवस्थित गर्नका लागि नवलपुर, चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँग छलफल गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको अधिकारीले बताउनुभयो ।

माघ स्नानका लागि नवलपुरको गैँडाकोट–३ मा पर्ने हर्दी, केलादी हुँदै पक्की पुलबाट वेणीमा आउन सकिने तथा चितवनको दासढुङ्गाबाट पक्की पुल हुँदै वेणी सङ्गममा आउन सकिने अधिकारीले बताउनुभयो । “पक्की सडकबाट आउनेहरू सहजरूपमा स्नान गरेर फर्किने व्यवस्था गरिएको छ”, अधिकारीले भन्नुभयो, “सकेसम्म झोलुङ्गे पुलको यात्रा नगर्न भनेका छौँ, यद्यपि तीर्थलुको आगमनलाई झोलुङ्गे पुलमा व्यवस्थित बनाउन सोहीअनुसारको व्यवस्था भएको छ ।” देवघाटमा रहेको झोलुङ्गे पुल हुँदै वेणीमा स्नान गर्न जाने र फर्किनेको व्यवस्थापनका लागि एकपटकमा एक यात्रुलाई मात्रै आवतजावत गर्न दिइने अधिकारीले बताउनुभयो ।

“झोलुङ्गे पुल निकै पुरानो र जीर्ण भइसकेको छ”, अधिकारीले भन्नुभयो, “यसले अत्यधिक भार थेग्न सक्दैन, त्यसैले तीर्थालुहरूलाई लाइनमा राखेर पुल तर्ने व्यवस्था गरिन्छ ।” सो दिन वेणी सङ्गममा स्नानका लागि त्रिशूली नदीमा र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । “तीर्थालुहरूको चापलाई मध्यनजर गर्दै माघे सङ्क्रान्तिमा देवघाटमा ४० वटा र्याफ्टिङ डुङ्गा सञ्चालन गरिनेछ”, पौडेलले भन्नुभयो, “डुङ्गाबाट नदी तर्दा एकतर्फी रु ३५ भाडदार कायम गरिएको छ ।” तोकिएको भाडादरभन्दा बढी भाडा लिएमा क्षेत्र विकास समिति वा सुरक्षाकर्मीलाई जानकारी गराउनसमेत पौडेलले आग्रह गर्नुभयो ।

कालीगण्डकी र त्रिशूली नदीको वेणी सङ्गम साँघुरो र गहिरो भएकाले सीमित स्थानमा मात्र स्नान गर्न मिल्ने गरी स्नानघाट निर्माण गरिएको पौडेलले बताउनुभयो । “हामीले स्नानघाटमा विभिन्न सावधानीमूलक सूचनाहरू राखेका छौँ”, पौडेलले भन्नुभयो, “कुनै अप्रिय घटना नहोस् भनेर सशस्त्र प्रहरीको गोताखोरसहितको दुई वटा, नेपाली सेनाको दुई वटा उद्धार टोली र स्थानीय बोटेमाझको पनि दुई वटा टोली नदीमा तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन भएको छ ।” उद्धार टोली र्याफ्टिङ डुङ्गा र काठको डुङ्गामा तयारी अवस्थामा राखिने पौडेलले बताउनुभयो ।

आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज देवघाटको वेणी सङ्गमसँगै रहेको गलेश्वर आश्रममा भक्तजनलाई निःशुल्क भण्डार (खाने) र बस्ने व्यवस्था गरिएको बताउनुहुन्छ ।  रासस

यो पनि पढ्नुहोस्

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

११ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार झिनो अंक ०.९४ ले बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक