युक्रेन आक्रमण बलको कमाण्डरबाट सर्गेई सुरोभिकिनलाई हटाइएकाे छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डर सुरोभिकिनलाई नियुक्त भएको तीन महिनापछि नै जिम्मेवारीबाट हटाएका हुन्।
हालसम्म सुरोभिकिनले सम्हालेकाे जिम्मेवारी नवनियुक्त कमाण्डर गेरासिमोभले सम्हाल्ने भएका छन्। बिबिसीका अनुसार सुरोभिकिनले ऊर्जा पूर्वाधारमा हालैका क्रूर आक्रमणहरूको निरीक्षण गरेका थिए।
हालैका महिनाहरूमा सैन्य पराजयको शृंखला खेपेपछि पूर्वी युक्रेनमा आफूहरूले प्रगति गरिरहेको रसियालीहरूले दाबी गरेपछि फेरबदल भएको हो। रुसले गत सालकाे २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो।
सन २०१२ देखि पदमा रहेका जनरल गेरासिमोभ सोभियत पछिल्लाे समय सबैभन्दा लामो समय सेवा गर्ने रुसी चिफ अफ जनरल स्टाफ हुन्।


