शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कम्पनीहरूलाई छुटमा कारोबार जारी

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
कम्पनीहरूलाई छुटमा कारोबार जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले अद्यावधिक नगरेका, दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर र जरिवाना नतिरेका कम्पनीहरूलाई छुटमा कारोबार जारी राख्न वा दर्ता खारेज गर्न दिएको समयसीमा शनिबारबाट सकिँदै छ।

भोटेकोशी बाढीलगायतका कारण समयसीमाभित्र नवीकरण र दर्ता खारेज गर्न नभ्याएका कम्पनीलाई थप तीन महिना समय दिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहको प्रयास अर्थ मन्त्रालयमा पुगेर अड्किएको छ।

उद्योग मन्त्रालयले यससम्बन्धी प्रस्ताव बुधबार नै अर्थ मन्त्रालयमा पठाएको थियो। तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिन बैंकक गएकाले अर्थ मन्त्रालयमै फाइल घुमिरहेको बुझिएको छ। मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार यो विषय अझै टुंगिएको छैन। कानुन मन्त्रालयसँग राय मागेर अगाडि बढाउने वा नबढाउने भन्नेमै मन्त्रालय अलमलिएको छ।

यसबाट छुटमा नवीकरण र दर्ता खारेज गर्न चाहने कम्पनीहरू प्रभावित हुने बताइएको छ। उद्योगी, व्यापारी तथा नेपाल अडिटर्स एसोसिएसन (अडान) लगायतका संघसंस्थाले नवीकरण र दर्ता खारेजीका लागि तीन महिना म्याद थप गर्न उद्योग र अर्थमन्त्रीसँग माग गरेका थिए।

‘कर पुस मसान्तसम्म छुट हुन्छ। यस हिसाबले कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्नुपर्छ भनेर हामीले आग्रह गरेका छौँ। गर्ने–नगर्ने सरकारको विषय भयो। तर, व्यावहारिक हिसाबले हेर्दा कर छुट र कम्पनी नवीकरण तथा दर्ता खारेजीको समयावधि एकै हुनुपर्ने हो। अझ भोटेकोशी बाढीलगायतका कारणले म्याद थप्नुपर्ने नै देखिन्छ,’ अडानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले भने।

उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले मन्त्रालय समयावधि थप्न सहमत रहेको बताए। ‘हामीले अर्थ मन्त्रालयसँग आग्रह गरिसकेका छौँ। कर दाखिला र कम्पनीको नवीकरण तथा खारेजीको समयावधि एकै बनाउनु व्यावहारिक हुन्छ भन्ने मन्त्रालयको धारणा छ,’ उनले भने।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमै कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने व्यवस्था गरेको थियो।

नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ मा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कानुनले तोकेबमोजिम म्यादभित्र विवरण पेस नगरेको, अद्यावधिक नगरेको वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण संवत् २०८३ असोज मसान्तभित्र पेस गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर वा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको थियो। उक्त व्यवस्थाअनुसार कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ को विवरण संवत् २०८३ असोज मसान्तभित्र पेस गरी कानुनबमोजिम कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहाको लाभ लिन सक्ने जानकारीसहित कम्पनी रजिस्ट्रारको कार्यालयले सूचना प्रकाशन गरेको थियो।

सरकारी अधिकारीहरूका अनुसार संसद्बाट पारित अर्थसम्बन्धी विधेयकको विषय मन्त्रालय तहबाट मात्र टुंगिँदैन, मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गर्नुपर्छ। तर, अर्थ मन्त्रालयले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नपठाएपछि म्याद थपको विषय झन् अन्योलमा परेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा तीन लाख ५० हजारभन्दा बढी कम्पनी दर्ता भएका छन्। त्यसमध्ये ६० प्रतिशत निष्क्रिय रहेको बताइन्छ। निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक झन्झट बेहोर्नुपरेको गुनासो व्यापक रूपमा सुनिन्छ।

यो पनि पढ्नुहोस्

कांग्रेसको मत परिणाम सार्वजनिक

२ घण्टा अगाडि
आधुनिक बनाउन कानुनमा सुधारको तयारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक