धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ ।
सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा स्वीकृत गरेका हुन् । योसँगै सुदूरपश्चिम प्रदेशसभामा अब एमालेका १० जना मात्रै सांसद रहेका छन् ।
यसअघि एमालेका ११ सांसद थिए ।
मल्ल कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतयक्ष निर्वाचित सांसद थिए । बजेटप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए ।

