बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाल प्रहरीद्वारा ५३ हजार ६५८ ट्राफिक सचेतना कार्यक्रम संचालन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ट्राफिक चेकिङका क्रममा १२ जना स्कुल बसका चालक कारबाही
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । नेपाल प्रहरीले गत साउन १ गते देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा देशभर गरी ५३ हजार ६५८ वटा ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रमबाट जम्मा २७ लाख ६१ हजार ८ सय ७६ जना सर्वसाधारणहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

सवारी दुर्घटनाबाट बेलाबखत ठूलो धनजनको क्षति हुने गरेको यथार्थलाई मनन् गरी दुर्घटना न्यूनिकरण, सडक सभ्यता अभिवृद्धि र सर्वसाधारणलाई सवारी नियमबारे सचेत बनाउने उद्देश्यले सचेतना कार्यक्रम संचालन गरिएको हो । सो अवधिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ३ हजार २१४ पटक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू ईटहरी सुनसरीले १२ हजार ४१८ पटक, पथलैया बाराले ५ हजार २१३ पटक, रामनगर चितवनले ४ हजार २७७ पटक, गगनगौंडा कास्कीले १६ हजार २७७ पटक, बुटवल रूपन्देहीले ६ हजार ९४५ पटक, सुर्खेतले २ हजार ६५२ पटक र अत्तरीया कैलालीले २ हजार ७०२ पटक कार्यक्रम 3 संचालन गरेका छन् ।

यी कार्यक्रमबाट क्रमश: १ लाख ९९ हजार ४८ जना, २ लाख ८४ हजार ८२३ जना, ३ लाख ७२ हजार ३२२ जना, ५ लाख ८६ हजार ४३३ जना, ६ लाख ९५ हजार ७०६ जना, ३ लाख ४ हजार ५२३ जना, १ लाख ३ हजार ७६७ जना र २ लाख १५ हजार २५४ जना सर्वसाधारण लाभान्वित भएका छन् । सडक दुर्घटना न्यूनिकरण गर्न सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्ययोजना निर्माण, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण समेत संचालन हुँदै आएको छ ।

यस सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “ न्यूनिकरण अभियान प्रभावकारी बनाउन सडक सुरक्षाका सबै उपायहरू अवलम्वन गरिएको छ । ट्राफिक व्यवस्थापनसँगै सम्बन्धित सरोकारवाला निकायहरू, स्थानीय जनप्रतिनिधिहरू र यातायात व्यवसायीहरूसँग सवारी दुर्घटना तथा रोकथाम नियन्त्रण सम्बन्धी छलफल, समन्वय र सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ । यसबाट ट्राफिक व्यवस्थापनलाई थप चुस्त राख्न विशेष सहयोग पुगेको छ ।” सवारी जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाहलाई चुस्त बनाइएको प्रवक्ता ढकालको भनाइ छ ।

सचेतना कार्यक्रम अन्तर्गत २ हजार ३९० पटक विद्यार्थीलाई कक्षा संचालन, ४ सय २० पटक सामुदायिक सेवा मार्फत कक्षा संचालन, २ हजार ३९२ पटक नयाँ चालकलाई कक्षा संचालन, १४ हजार १३ पटक व्यावसायी र चालक/परिचालकलाई कक्षा संचालन, ८ हजार ९८७ पटक सर्वसाधरणलाई कक्षा संचालन, ६ सय ८९ पटक अन्तरक्रिया तथा गोष्ठी, १ हजार ६३९ पटक ट्राफिक डे/सप्ताह, १ हजार ७६ पटक चेतनामुलक माईकिङ, १४ हजार ७७२ पटक चालक/यात्रु मैत्री कक्षा संचालन र ५ सय १ पटक ओभरटेक सम्बन्धी कार्यक्रम गरिएको छ ।

कार्यक्रममा ६ हजार ८१९ पर्चा, पम्प्लेट, पोष्टर वितरण गरिएको छ । सचेतना कार्यक्रममा सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षा सम्बन्धी सु-सुचित गर्ने काम पनि प्रहरीले गर्दै आइरहेको छ । भाडा तथा टिकटमा ठगी लगायतका यात्रुहरूको समस्या प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न प्रहरी सक्रिय छ ।

यस सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट भन्नुहुन्छ, “ट्राफिक प्रहरी अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाउने गरिएको छ ।” बढ्दो सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी कार्यक्रम अभियान कै रूपमा चलाइएको हो । यसबाट मापसे गरी सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, लापरबाहीसाथ सवारी चलाउने चालकलाई सचेत गराउन सहयोग पुगेको छ । “सवारी दुर्घटनाबाट बचौं र बचाऔं । सवारी दुर्घटना न्यूनिकरणमा तपाई हाम्रो भूमिका छ” भन्ने लगायतका नारासहित संचालन हुने यस्ता सचेतना कार्यक्रममा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सामाजिक संघ संस्था, यातायात व्यवसायी, खेलाडी, आमनागरिक लगायत विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता हुने गरेको छ ।

यसबाट जीवन पद्धतिको प्रमुख आधार रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न अहम भूमिका निर्वाह भएको छ । यसबारे प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “सचेतना कार्यक्रम मार्फत दुर्घटना न्यूनिकरण, सवारी नियमबारे चेतना फैलाउनुका साथै चालक/सहचालकमा आचरण, बानी, व्यवहार र बोलीचालीमा गुणात्मक परिवर्तन ल्याउन सफल भएका छौं ।” विभिन्न सडकखण्डमा पार्किङको व्यवस्थाको साथै नो-पार्किङ, हर्न निषेध, दुर्घटनाग्रस्त क्षेत्र, रोक्न निषेध लगायतका ट्राफिक संकेत बोर्डहरू विभिन्न क्षेत्रमा राख्ने गरिएको छ । यसबाट दुर्घटनाग्रस्त क्षेत्रमा चालकलाई सचेत गराउन सहयोग मिलेको छ ।

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

१ घण्टा अगाडि
जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

१४ किलो चरेशसहित चार जना नियन्त्रणमा 

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक