आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

६१ किलो सुन तस्करीका प्रतिवादीमध्ये १२ जनालाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतको आदेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
६१ किलो सुन तस्करीका प्रतिवादीमध्ये १२ जनालाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतको आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / ६१ किलो सुन तस्करी काण्डमा प्रतिवादी बनाइएका १७ जनामध्ये १२ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश उच्च अदालत पाटनले गरेको छ।

१७ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशमा गरिएको पुनरावेदनमाथि उच्च अदालत पाटनले बुधबार फैसला गरेको हो।

दावा छिरिङ, टाँसी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई  पुर्पक्षका लागि थुनामा राख्ने फैसलालाई उच्च अदालतले सदर गरेको छ। त्यस्तै, बाँकी ६ जनालाई धरौटीमा छाड्ने फैसला उच्च अदालत पाटनले गरेको छ।

छाडिएकामध्ये कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट जनही एक लाख रुपैयाँ, गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीबाट जनही पाँच लाख र सुदर्शन गौतम र यादव पराजुलीबाट जनही दुई लाख रुपैयाँ धरौटी लिन पनि उच्च अदालत पाटनले आदेश दिएको छ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार जिल्लाको आदेशविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले यो फैसला गरेको हो।

हालसम्मै एकैपटक भएको ठूलो सुन तस्करी काण्डमा राजश्व अनुसन्धान विभागले सुन सहित ट्याक्सी चालक विमानस्थल बाहिर पक्राउ गरेको थियो। गत असोज १९ गते जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षका लागि २५ जनालाई थुनामा राख्न र एकजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

तस्करीमा चिनियाँ नागरिकहरुसमेत पक्राउ परेका छन्। उनीहरुले जिल्लाको आदेशविरुद्ध निवेदन दिएका छैनन्।

सुरुमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरे पनि उक्त सुन काण्डको अनुसन्धान गर्न पछि सिआइवीलाई जिम्मेवारी दिइएको थियो।

सिआइवीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सुन तस्करीमा संलग्नहरुविरुद्ध संगठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता गरेको छ।

सुरुमा एक सय किलो सुन बरामद भएको भनिए पनि पछि गाल्दा ६० किलो ७१६ ग्राम सुन पाइएको थियो। यो प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष छ।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

३ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज रास्वपाको बैठक बस्दै

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

भाषा आयोगकाे बार्षिक प्रतिवेदन पेस

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

  प्रभु बैंककाे संस्थापक शेयर खरिद बिक्री खुल्ला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक