काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय, महाराजगञ्ज, काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच उक्त प्रतिवेदन पेस गरिएको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


