काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका एक युवक पक्राउ परेका छन् ।
२५ वर्षीय निरन्जन बुढाथोकीले २२ वर्षीया महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्ने बुढाथोकी नुवाकोट शिवपुरी गाउँपालिका-४ घर रहेकाे प्रहरी वृत्त महाराजगंजले जानकारी गराएकाे छ । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान जारी राखेका छन् ।


