शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कारागारमा दैनिकी यसरी बिताउँदै बम्जन !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कारागारमा दैनिकी यसरी बिताउँदै बम्जन  !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन हाल पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरीमा राखिएको छ । २४ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेर सर्लाही प्रहरीलाई बुझाएको थियो ।

त्यसको भोलिपल्ट नै बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई थुनामा पठाएको थियो । सर्लाहीमा कारागार सञ्चालनमा नभएपछि प्रहरीले उनलाई महोत्तरी पठाएको जनाएको छ । पाँच दिनदेखि कारागारमा रहेका बम्जनले कारागारभित्र आफै खाना पकाएर खाने गरेका छन् । महोत्तरी कारागारका जेलर रवीन्द्र चन्द्र ठाकुरले बम्जनले लसुन प्याज नखाने र सादा खानेकुरा मात्रै खाने हुँदा कारागारभित्र आफै पकाएर खाने गरेको जनाए । हाल महोत्तरी कारागारभित्र ५९९ जना कैदी राखिएको छ ।

कारागारका अन्य कैदीसरह उनलाई सातजना अट्ने गरेको हलभित्र राखिएको छ । उनी बस्ने कोठामा टीभीको व्यवस्थापन भने गरिएको छ । उनी रेस्लिङदेखि अन्य खेलका गतिविधिहरु टेलिभिजनमा हेर्ने गर्छन् । बिहानको समय सामान्य ध्यानबाहेक अन्य योगध्यानको क्रियाकलाप भने उनले गर्न पाएका छैनन् ।

उनीमाथि २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेशकुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ । सोही उजुरीको आधारमा सीआईबीले काठमाडौंको बूढानीलकण्ठस्थित हात्तीगौंडाबाट उनलाई पक्राउ गरेको थियो । उनी पक्राउसँगै सीआईबीको टोली हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा उनको आश्रम सिन्धुपाल्चोक र बारामा जाने तयारीमा छ ।

बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाडेगाँउको आश्रम र बाराको खुमजोर आश्रमबाट चारजना बेपत्ता पारिएको उजुरी छ । यसअघिसमेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद वस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतको दाबी छ । सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमबारे समेत अनुसन्धान गर्ने जनाउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

३ घण्टा अगाडि
प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिमा अपग्रेड

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक