बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबाट सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबाट सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रमको सुरुमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टरराई, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली दरबारमार्गबाट शुरू भई पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले ट्राफिक सचेतना सप्ताहले आमनागरिकमा ट्राफिक चेतनाको स्तर जागरित गर्ने सक्षम हुने बताउनुभयो । सडक दुर्घटनाबाट नेपालले ठूलो क्षति वेहोर्दै आएको सन्दर्भमा यस्तो स्थितिलाई अत्यन्त गर्नु र आउन नदिन सचेत हुन सबैको गम्भीर जिम्मेवारी रहेको बताउनुभयो । ट्राफिक प्रहरीको कार्य मात्र नभई सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दुर्घटनाको न्यूनीकरणका लागि ठूलो भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उपत्यकामा चुनौतीको रूपमा रहेको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षहरूबीच सहकार्य अभिवृद्धिका माध्यमबाट सडक सुरक्षा कायम गर्दै आमनागरिकमा प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकासँगको संयुक्त आयोजनामा आयोजित यस सप्ताहले दुर्घटना तथा क्षति न्यूनीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन नागरिकको जिउ धनको सुरक्षासँग जोडिएको गम्भीर र महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उहाँले बताउनुभयो । यस महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीमा खटिएका ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्‍भाव आवश्यक रहेको चर्चा गर्नुहुँदै उहाँले नेपाल प्रहरीले ल्याएको योजना कार्यान्वयनमा सडक प्रयोगकर्ता लगायत कानून कार्यान्वयन गर्ने पक्ष तथा सम्पूर्ण सरोकारवाला निकायहरूबाट सहयोग समन्वय र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, यातयाव व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल, राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, वरिष्ठ कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयद्वारा निर्माण गरिएको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

४ दिन अगाडि
ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक