मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मल्टिप्लेक्स चलचित्र हल सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मल्टिप्लेक्स चलचित्र हल सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्र निर्माणका क्षेत्रमा एकसेएक सुपरहिट चलचित्र निर्माण गरि दर्शकमाझ लोकप्रिय बनेका अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला एवं कलाकार निर्मल शर्मा लगायतको संयुक्त लगानीमा मल्टिप्लेक्स चलचित्र हल सञ्चालनमा आएको छ ।

दीपक-दीपाद्वारा निर्माण गरिएको पछिल्लो चलचित्र ‘छक्कापन्जा ४’ प्रदर्शन गरि शुक्रवार काठमाडौंको नयाँ बानेश्वर चोक स्थित एनबी सेन्टरमा आईएनआई फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो ।

सिनेमा हल सञ्चालन पश्चात नेपाली कथानक चलचित्र ‘नाङ्गो गाऊँ, ‘एक भागवत र एक गीता’ लगायत बलिउड फिल्म ‘जवान’ प्रदर्शन भइरहेका छन् । कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले चलचित्र कर्ममा क्रियाशील रहेका लोकप्रिय कलाकारहरुको सिनेमा हल समेतमा लगानी गरि आर्थिक गतिबिधी अगाडि बढाउनु आफैमा सकरात्मक र प्रभावकारी कार्य हो, भन्दै समग्र चलचित्र क्षेत्रको उन्नयनमा प्रभावकारी भूमिका निभाउन सक्षम होस् भनि शुभकामना व्यक्त गरेका थिए ।

यसैक्रममा अर्का अतिथि तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा लामो समयदेखि संलग्न भई थुप्रै हिउँद वर्षा झेलेर सिनेमा निर्माण निर्देशनका क्रमसंगै हलसंचालनको अवस्थामा पुगेका प्रियपात्र हरुको सफलताले आफ्नै सफलताको महशुष भएको बताउँदै दिपकराज गिरी तथा दिपाश्री निरौलाको खुलेर प्रशंसा गरेका थिए ।

हल संचालक समितिका अध्यक्ष तथा कलाकार दीपकराज गिरीले स्वागत मन्तव्यका क्रममा बोल्दै भने कलाकारीताको क्षेत्रमा लाग्दा ताकाको अनगिन्ति संघर्षदेखि फिल्म निर्माता निर्देशक हुंदै कलामन्दिर ( हल ) संचालनबाट दर्शक महानुभावहरुलाई मनोरञ्जन प्रदान गेरर सेवा दिने अवस्थासम्म पुग्दा आफूले जानेको बुझेको क्षेत्रका लागि न्याय हुने सोचेर कलाकारिता बाट गरिएको आर्जन कलामन्दिरमै समर्पण गर्न पाउंदा अत्यंत खुशी लागेको बताउंदै दर्शकहरुको साथ सहयोग र प्रेरणाले अझै गुणस्तरीय सेवा प्रदानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा छवि राज ओझा, सुनिल कुमार थापा, झरना थापा, नरेन्द्र महर्जन, नवल नेपाल, अर्जुन कुमार लगायत उल्लेख्य रुपमा सिनेकर्मी,पत्रकार तथा सिने क्षेत्रका लव्धप्रतिष्ठित महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

३ दिन अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक