बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारण केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् । क्यान्सर, क्षयरोग, एचआइभी एड्स, मस्तिष्कघात, हृदयाघात, कोभिड, डेंगुजस्ता रोगहरूबाट मानिसको ज्यानै पनि जान सक्छ । कतिपय रोगहरूका बारेमा आम मानिसहरू अनभिज्ञ छन् । ‘सेप्सिस’ एउटा यस्तो रोग हो, जसका बारेमा धेरैलाई थाहै नभएकाले यसलाई ‘रहस्यमय रोग’ पनि भन्ने गरिन्छ । आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्यौलता रहेको पाइन्छ ।

पछिल्लो समय विकसित राष्ट्रसहित मध्यम र कम आय भएका मुलुकमा समेत भयावह र तीव्र गतिमा सेप्सिस रोग फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर अर्बौँ मानिस यस रोगको सिकार भएका छन् भने करोडौँको मृत्यु भएको छ । कुनै पनि भाइरल वा फङ्गलका सङ्क्रमणका कारण शरीरमा देखिने असामान्य प्रतिक्रिया नै सेप्सिस हो । मानिसको शरीरमा कुनै पनि रोगविरुद्ध दिइने एन्टिबायोटिकका कारण हुने सङ्क्रमण वा एलर्जीलाई सेप्सिस भनिन्छ ।

सेप्सिस कुनै रोग नभई रोगहरूको एकीकृत समूह हो । कडा, जटिल रोगको सङ्क्रमणले मात्र नभई साधारण सानो मानिने वा देखिने रोगको सङ्क्रमणबाट समेत सेप्सिस हुनसक्छ । यदि चिकित्सकले बिरामीको मृत्युका कारण सङ्क्रमण फैलिएर भएको जवाफ दिए बुझ्नुस् तपाईँको बिरामी सेप्सिसको सिकार भएको छ भनेर । साधारण अर्थमा सेप्सिस भनेको हाम्रो शरीरको कुनै अङ्गमा कुनै रोगको सङ्क्रमण भयो र त्यो सङ्क्रमणले शरीरका अन्य महत्त्वपूर्ण अङ्गमा असर पुर्‍याउने प्रक्रिया हो । यसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ । सेप्सिसलाई लाइफ थ्रेटनिङ अर्गान डिस्फक्सन पनि भनिन्छ ।

सङ्क्रमण हुँदैमा सेप्सिस भई हाल्दैन । तर, सही समयमै उपचार हुन सकेन र सङ्क्रमणले शरीरका अन्य अङ्गको कार्यलाई बाधा गर्ने थाल्यो भने सेप्सिस भएको भनी बुझ्नुपर्दछ । सेप्सिस सङ्क्रमणपछि आफ्नो शरीरको कार्यले आफ्नै शरीरका अन्य तन्तु र अङ्गहरूलाई चोट पुर्‍याउँछ । जिएसएको तथ्याङ्कअनुसार विश्वभर प्रत्येक २.८ सेकेन्डमा एक जनाको सेप्सिसका कारण मृत्यु हुने गरेको छ । अर्थात् विश्वभर पाँचमध्ये एक जनाको मृत्यु सेप्सिसबाट हुने गरेको छ ।

यसैगरी, विश्वभरिमा सेप्सिसबाट बर्सेनि एक करोड १० लाख मानिसको मृत्यु हुने र चार करोड ९० लाख मानिस सेप्सिसबाट सङ्क्रमित र चार करोड ७० लाखदेखि पाँच करोड मानिस सेप्सिसबाट प्रभावित हुन्छन् । करिब ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिका सेप्सिसबाट सङ्क्रमित हुने तथ्याङ्क छ । विश्वभर हुने मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारण भएको विश्व स्वास्थ्य सङ्गठनले पनि जनाएको छ ।

नेपालमा हरेक वर्ष आइसियुमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको एनसिसिडिएफले जनाएको छ । मानिसको शरीरमा रोग विरुद्ध लड्ने तत्त्वहरूले गर्ने कार्य अस्वाभाविक रूपमा बढ्छ र त्यसको असरले रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) कम हुँदै जाने अवस्थालाई सेप्सिसको पहिलो चरण वा ‘सेप्सिस’ भनिन्छ । यो अवस्थामा मानिसको फोक्सो, कलेजो र मिर्गौलालगायतका शरीरका महत्त्वपूर्ण अङ्गमा असर गर्दछ ।

अर्को चरण भनेको इमर्जेन्सी स्थिति अर्थात् थर्ड स्टेज जसलाई ‘सेप्टिक सक’ भनिन्छ । यसमा सङ्क्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्त्वलगायतका तत्त्वको कमी भई बिरामीको मृत्युसम्म हुन्छ  । सेप्टिक सकको अवस्थामा बिरामीको मृत्युदर ३० देखि ५० प्रतिशतसम्म हुन्छ ।

सेप्सिसका लक्षणहरू

सेप्सिसको लक्षणलाई पहिचान गरेर समयमै उपचार नगर्दा हामीले कल्पना गरेकोभन्दा भयावहको रूप लिन सक्छ । ब्याक्टेरिया, रगतमा प्लेटलेट्स कम हुनु, पिसाबको मात्रा कम हुनु, श्वासप्रश्वासमा गाह्रो हुनु, मुटुको चालको काम गर्ने क्षमतामा कमी हुनु, छिटोछिटो श्वास फेर्नु, अर्धचेतन हुनु, सोच्ने क्षमतामा परिवर्तन आउनु, चिसो लाग्नेजस्ता लक्षण देखिएमा सेप्सिस हुन सक्छ । यस्तो रोगको सङ्क्रमण भएका बिरामीमा ज्वरो आउने, छट्पटी हुनु वा बेचैनी हुने, श्वासप्रश्वासमा समस्या हुने, न्यून रक्तचाप वा मुटुको धड्कन छिटो बढ्नु (हाइपोटेन्सन), छालाबाट अत्यधिक पसिना आउने, चक्कर वा रिङ्गटा लाग्नेजस्ता लक्षणहरू पनि देखा पर्न सक्छ । शरीरमा यस्ता कुनै लक्षणहरू देखा परेमा तुरुन्तै चिकित्सकको सम्पर्कमा पुग्नु पर्दछ । सेप्सिसविरुद्ध जति चाँडो उपचार सुरु हुन्छ, निको हुने सम्भावना त्यति नै बढी हुन्छ ।

यी सेप्सिसका सामान्य लक्षणहरू देखेपछि हेलचेक्र्याइँ नगरी समयमै उपचार गर्नुपर्दछ । यदि गरिएन भने यसले ‘सेप्टिक सक’को रूप लिन्छ र शरीरमा सङ्क्रमण फैलिएर बिरामीको ज्यानै जान सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा सेप्सिसका कारण उनीहरूलाई खाना खुवाउन र पिसाब फेर्न गाह्रो हुने गर्दछ भने उनीहरूले बारम्बार बान्ता गर्ने गर्दछन् । बालबालिकाहरूमा सेप्सिस हुँदा छिटो छिटो श्वास फेर्नु, शरीरको अनियमित गति हुनु, छाला पहेँलो हुनु, शरीरको शक्ति कम हुनु, स्पर्श गर्दा चिसो महसुस हुने गर्दछ ।

शरीरमा सङ्क्रमण भई ज्यान नै जोखिममा पार्ने घातक सेप्सिसबारे समयमै सचेत हुनुपर्दछ । जुनसुकै उमेर, समूह र लिङ्गका मानिसलाई सेप्सिस हुनसक्छ । विशेषगरी रोग प्रतिरोधक क्षमता कम भएका, मधुमेही, क्यान्सर, अङ्ग प्रत्यारोपण भएका बिरामी, सघन उपचार कक्ष आइसियुका बिरामी, एचआइभी एड्सलागायत दीर्घ रोगका बिरामी, बुढाबुढी एवम् बालबालिका उच्च जोखिममा पर्दछन् । गम्भीर घाइते भएका मानिस, वृद्ध र बालबालिका, गर्भवती र सुत्केरी, कलेजो, मिर्गौला रोगबाट पीडित बिरामीमा सेप्सिसको जोखिम बढी हुन्छ ।

सेप्सिससँग सम्बन्धित रोगहरूमा श्वासप्रश्वासको सङ्क्रमण समावेश हुन्छ । निमोनिया वा फोक्सोको सङ्क्रमण, पेटको सङ्क्रमण, मिर्गौलाको सङ्क्रमण, रगतको सङ्क्रमण र घाउ चोट वा जलेको ठाउँबाट सङ्क्रमण फैलिन्छ । यदि कसैलाई सेप्सिसका लक्षणहरू देखिएमा चिकित्सकबाट रोगको निदान गर्न र यसको गम्भीरता पत्ता लगाउन विभिन्न परीक्षण गराउनु पर्दछ । रगत, पिसाब, खकार, घाउ, छातीको एक्सरे, सिटीस्क्यान, अल्ट्रासाउन्ड आवश्यक भएमा एमआरआईसमेत गर्नुपर्ने हुन्छ । सेप्सिस पहिचान भएको बिरामीले एक घण्टाभित्र उपचार पाएमा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी गर्न सकिने चिकित्सकको भनाइ छ ।

सेप्सिसबाट बच्ने उपाय

भनिन्छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । केही सामान्य कुरामा ध्यान दिनसके सेप्सिसबाट बच्न सकिन्छ । यसका लागि आफ्नो जीवनशैलीमा परिवर्तन भने गर्नु पर्दछ ।

–प्रशस्त मात्रामा फलफूल, सागसब्जी, पोषणयुक्त अन्न, फ्याट कम भएका डेरी उत्पादनहरू र प्रोटिनयुक्त सन्तुलित आहार खाने,

–चिकित्सकले निर्देशन दिएअनुसार पे्रस्क्रिप्सनमा उल्लेखित औषधिहरू मात्र खाने,

–चिकित्सकले एन्टिबायोटिक, एन्टिभाइरल वा एन्टिफङ्गल औषधि सिफारिस गरेको छ भने चिकित्सकको निर्देशनहरू सावधानीपूर्वक पालना गर्ने यदि निको भएको महसुस भएमा पनि औषधि बिचैमा खान नछोड्ने । औषधिको पूरै डोज सेवन गर्ने,

–प्रत्येक वर्ष फ्लु र इन्फ्लुएन्जाका खोप लगाउने,

–साबुन र पानीले बारम्बार हात धुने । यदि साबुन र पानी उपलब्ध छैन भने स्यानिटाइजर प्रयोग गर्ने । बिरामीलाई छुनुअघि र पछि सङ्क्रमित कुराहरू छोएपछि अनिवार्य हात धुने,

–घाउ र चोटपटकलाई सफा राख्ने र यो पूर्ण रूपमा निको नभएसम्म छोप्ने,

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

५ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

–सङ्क्रमित व्यक्तिहरूबाट टाढै रहने,

–धूम्रपान र मद्यपान सेवन नगर्ने,

–सङ्क्रमण भएको शङ्का लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य सल्लाह लिने,

–सेप्सिसबारे जनचेतना फैलाउने ।

सेप्सिसको रोकथामका लागि सरसफाइ पहिलो सर्त हो भने दोस्रो सर्त जनचेतना । सेप्सिस सङ्क्रमण जति फैलिँदै गयो, त्यति जटिल बन्दै जाने रोग हो । अतः हाम्रो हरेक प्रयास सेप्सिसविरुद्ध लड्न, रोकथाम गर्न र प्रत्येक वर्ष करोडौँको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्दछ । सर्तक रहौँ, सेप्सिसबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ ।

आज विश्व सेप्सिस दिवस

आज सेप्टेम्बर १३ अर्थात् ‘विश्व सेप्सिस दिवस’ । सेप्सिसबारे जनचेतना फैलाउने मूल उद्देश्यका साथ ग्लोबल सेप्सिस एलायन्स (जीएसए)ले सन् २०१२ देखि विश्वभर सेप्टेम्बर १३ लाई विश्व सेप्सिस दिवसका रूपमा मनाउने गरेको छ । नेपालमा पनि सन् २०१२ देखि नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसिसिडिएफ), क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिएनएएन) र नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससिसिएम) ले यस दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व सेप्सिस दिवस मनाउने गरेका छन् ।

विगत झैँ यस वर्ष ‘सेप्सिसलाई रोकौँ, जानौँ, उपचार गरौँ र निस्तेज पारौँ’ भन्ने सन्देशका साथ विश्व सेप्सिस दिवस नेपालमा पनि मनाइएको छ । सो अवसरमा सेप्सिस वाक र आइसियु सेप्सिस क्विजजस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । रासस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक