मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बार्सिलोना । जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न पेशामा आबद्ध नेपालीबीच सञ्जाल विस्तार गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले आयोजित दोस्रो ‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न भएको छ ।

नेपाली रूट्स इभी को आयोजनामा सम्पन्न समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपाली सहभागी भएका थिए। कार्यक्रममा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, एआई तथा डायस्पोरा नेतृत्वलगायत समसामयिक विषयमा छलफल गरिएको थियो।समिटको अध्यक्षता संस्थाका अध्यक्ष डा. कृतन गौतम ले गरेका थिए।

जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल ले नेपाली डायस्पोराको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले परम्परागत कूटनीतिसँगै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य र नवप्रवर्तनका क्षेत्रमा डायस्पोराको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने जनाए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकाल ले नेपाली रूट्स र एनआरएनएबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच र आवश्यकताबाट सिक्दै अघि बढ्नुपर्ने धारणा राखे।

संस्थाका सचिव जितेन्द्र कसौधन ले सहभागीलाई स्वागत गर्दै ‘नेपाली रूट्स जर्नल’ सार्वजनिक गरेका थिए। उनले विश्वभर फैलिएको नेपाली डायस्पोराले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनीहरूबीच व्यावसायिक सहकार्य, ज्ञान आदानप्रदान तथा नेपालसँग दीर्घकालीन सम्बन्ध विस्तार गर्न यस्तो मञ्च उपयोगी हुने विश्वास व्यक्त गरे।

समिटका विभिन्न सत्रमा सहभागी विज्ञहरूले व्यक्तिगत उपलब्धिलाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरशिप र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले नेपाली डायस्पोराको भूमिका केवल रेमिट्यान्समा सीमित नरही ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र विश्वव्यापी सञ्जालमार्फत नेपालको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखे।

छलफलका क्रममा नेपाल सरकारबाट रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता तथा डायस्पोरा फन्डको प्रभावकारी परिचालनजस्ता नीतिगत पहल आवश्यक रहेको विषय पनि उठाइएको थियो। साथै, नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यसको विकासका लागि सरकार र डायस्पोराबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

आयोजक संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीलाई एउटै व्यावसायिक र बौद्धिक सञ्जालमा आबद्ध गराउने तथा नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

यो पनि पढ्नुहोस्

रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुग्याे

रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुग्याे

१६ मिनेट अगाडि
बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि

बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि

४६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा स्पेन क्वार्टरफाइनल प्रवेश

जयवीरलाई बयानका लागि पत्र काट्याे

आदिकवि भानुभक्त आचार्यको विविध कार्यक्रमसहित मनाइने

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक