पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि लागुऔषधको प्रयोग गर्नेको संख्या बढिरहेको भन्दै बेलाबेला चासो र चिन्ता बढिरहेको छ । लागुऔषध प्रयोग कर्ता गाउँ गाउँसम्म फैलिदै गइरहेकाे छ ।
विभिन्न समयमा अनुसन्धान गरीरहेका प्रहरीका अनुसार ग्रामिण क्षेत्रमा पनि लागुऔषध प्रयोगकर्ताको जालो फैलिदै गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क हेर्ने हो भने पाँच वर्षमा १०० कारोबारी पक्राउ परेका छन् । यी जिल्लाभित्र पक्राउ परेका हुन् । इलाम, झापा, सुनसरीसम्म पनि पाँचथरका व्यक्तिहरु पक्राउ परिरहेका छन् ।
कतिपय एउटै व्याक्ति पटक-पटक पक्राउ पनि परिरहेका छन् । खैरो हिरोइन, ट्रमाडोल जस्ता लागुऔषध पक्राउ पर्ने गरेका छन । ‘हामीले कारोबारी पत्ता लगाउने, पक्राउ गर्ने गरीररहेका छौं’, जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपि अनिश कर्णले भने, ‘हामीले सचेतना जगाउने कार्यक्रम पनि गरिरहेका छौं । सचेतना जगाउने काम गाँउ गाँउसम्म गर्नु पर्ने अवस्था देखिन्छ ।’

