मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पुटिन भेट्न रुस हिँडे किम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पुटिन भेट्न रुस हिँडे किम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / उत्तर कोरियाली नेता किम जोङ उन रुसतर्फ लागेको समाचार सार्वजनिक भएका छन् । नेता किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुसको भ्लादिभोस्तोकतर्फ लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले आइतबार किम एक विशेष रेलमा रुसतर्फ लागेको जनाएको छ । सरकारी अधिकारीलाई उद्धृत गर्दै योन्हापले लेखेको छ, ‘जासुसी संस्थाहरूका अनुसार किम जोङ उन भ्लादिभोस्तोकतर्फ लागेको विश्वास गरिएको छ ।’ प्योङयाङले भने नेता किमको रुस भ्रमणका बारेमा अहिलेसम्म केही जानकारी सार्वजनिक गरेको छैन । मंगलबार नेता किमले रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्ने बताइएको छ ।

यसअघि न्युयोर्क टाइम्सले समेत किम पुटिनसँगको शिखर वार्ताका लागि बख्तरबन्द रेलमा भ्लादिभोस्तोक जाने तयारीमा रहेको उल्लेख गरेको थियो । अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हतियार किन्न खोजिरहेको दाबी गरेका थिए । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने अमेरिकी अधिकारीले चेतावनीसमेत दिएका छन् ।

युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँगमिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेख्दै आएका छन् । अमेरिका, दक्षिण कोरिया र जापानबीच सुरक्षा सहकार्य भइरहेका बेला उत्तर कोरियाले पनि मस्कोसँग सैन्य सहकार्यको प्रयास गर्दै आएको हो ।

कोभिड महामारीपछि उत्तर कोरियाली नेता किम पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् भने झन्डै साढे ४ वर्षपछि रुस गएका हुन् । किमको पछिल्लो विदेश भ्रमण रुसको भ्लादिभोस्तोक नै रहेको थियो ।

यो पनि पढ्नुहोस्

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

१ दिन अगाडि
अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक