सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेकाे छ : पर्यटनमन्त्री किराँती

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेकाे छ  : पर्यटनमन्त्री किराँती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने जनाएका छन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो जनाएका हुन्।

उनले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको जनाए ।

उनले सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको जनाए ।

मन्त्री किराँतीले पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको जनाए।

उनले पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने जनाए।

उनले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाईबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको जनाए ।

उनले  नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्न लागेको जनाए ।

उनले नेपालका कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन नसकिएको बताए। उनले पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको जनाए ।

उनले २२ वटा विमानस्थलहरु खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौं बजेट खर्च भएको जनाए ।

उनले भने, ‘वर्तमान पर्यटन ऐन राजतन्त्रकालिन छ । २०३५ सालको पर्यटन ऐनले अहिलेको आवश्यकता भावनाको कदर गर्न सक्दैन । त्यसकारण मन्त्रालयले समग्रमा पर्यटन ऐनको निर्माणको चरणमा छौं । अहिलेको समय सापेक्षित ऐन बनाउने छौं । सगरमाथा चढ्ने नियमावलीमा अब सगरमाथाको ८ हजार मिटर माथिबाट दोब्बर दस्तुर तिरेर प्याराग्याडिङ पाउने छन् । हामीलाई चाहिएको डलर हो ।’

दोब्बर दस्तुर तिर्न चाहने मान्छेले ८ हजार मिटरबाट प्याराग्याडिङ गर्न पाउने तर पिकबाट गर्न नपाउने पिकबाट गराउँदा महत्व घट्ने र हावाले उडाएर चीन पुर्‍याउन  सक्ने संबेदनशिलतालाई ख्याल गरेर नियमावली ल्याउने उनले जनाए ।   ‘पुरानो कानूनहरुले अहिलेको पर्यटन नेतृत्व गर्न सकिरहेको छैन ।

नेपालमा संस्कृतिको ऐन नै छैन। राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्दै छौं । कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन सकेका छैनौं । संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको छ । २२ वटा विमानस्थलहरु खाली छन् ।

खर्बौं बजेट विमानस्थल बनाउन खर्च भएको छ । नेपाल एयरलाइन्सको नाफाका कुरा आएका छन् । एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको हो । विश्वका सरकारका धेरै वायुसेवाहरु डुबे स्थायी त डुब्यो । तर देशलाई ठाएर डुब्यो । अहिलेको सरकार आएपछि एनसी अप्रेशनल कस्टमा नाफामा गएको छ,’ उनले भने।

उनले पौने ४ अर्ब ऋण तिरेर देखाएको उल्लेख गर्दै  तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए। ‘निगमसँगै पैसा छ । ४८ अर्बको ऋण कहिले तिर्ने भन्नुहुन्छ । व्यापार गर्न दिनुस् । जहाज किन्न नदिने अनि पहिला ऋण तिरेर पछि किन जहाज किन्नु ? अण्डा दिने पोथीलाई काटेर खाएपछि सिद्धिन्छ ।

मन्त्रालय कसले चलाउँछ भन्ने प्रश्नमा मन्त्रालय हामीले नै चलाउने हो । तर यहाँ बुद्धि पुर्‍याइएन भने  वनझाँक्रीले चलाउन खोज्दा रहेछन् । मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिन्छन्,’ उनले भने।

मन्त्री किराँतीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गरे।

उनले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेरको भन्दै तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए। उनले निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्ने जनाए । उनले मन्त्रीले बुद्धि पुर्‍याउन सकेन भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्ने अवस्था रहेको बताए। उनले मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिने दाबी गरे।

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन असफल

रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक