काठमाडौं । तालतन्त्र दाफा मुना खलको आयोजनामा पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविधत्र सांस्कृतिक कार्यक्रम ११४६ सम्पन्न भएको छ ।
तालतन्त्र दाफा मुना खलः र कीर्तिपुर नगरपालिका वडा नं। २ को आयोजनामा आयोजनामा गत असोज ३ गतेदेखि असोज २४ गते सम्म भएको भजन सन्ध्या राजेश महर्जन, राजु महर्जन, ज्ञानेश्वर निभाः, अमर लालमाली, मानन्धर, मिना मर्हजन ९श्रेष्ठ०, सरस्वती मानन्धर, सुधा लक्ष्मी श्रेष्ठ, राजीव शर्मा, शिव, तोलांगे, शान्त बहादुर शाक्य, सौगात भण्डारी, हिराकेशरी महर्जन, रामदेवी महर्जन, सरस्वती महर्जन आ आफ्नो सांगितिक प्रस्तुति दिएका थिए ।
प्रत्येक शनिबार राती राती ६ बजेदेखि करिब १० बजेसम्म सांगितिक प्रस्तुति कार्यक्रममा गायनमा तबलमा प्रबेश महर्जन, हार्मोनियम, बिनोद महर्जन, कृष्ण महर्जन, ज्ञानी महर्जन साथ दिनु भएको थियो ।
तालतन्त्र दाफा मुना खलकी अध्यक्ष ज्ञानी महर्जनले हाम्रो उद्देश्य केवल भजन गाउनु मात्र होइन, धर्म, संस्कार, संस्कृति र आध्यात्मिक चेतनालाई भावी पुस्तासम्म पुर्याउनु पनि हो। कार्यक्रम सकिएला, स्वरहरू रोकिएलान्, तर भक्तिको भावना र धर्मप्रतिको आस्था सधैँ जीवित रहने जनाइन् । साथै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको यस सुखद अवसरमा प्रत्यक्ष,अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने सम्पूर्ण गुरुजन, कलाकार,साथीहरू भक्तजन तथा शुभचिन्तकहरूप्रति हृदयदेखि हार्दिक आभार व्यक्त गरिन् ।
कार्यक्रम समापनको क्रममा कीर्तिपुर नगरपालिका २ वडाका अध्यक्ष रूपेश महर्जनले तालतन्त्रको भजन सन्धा एक दम राम्रो रहेको जानकारी गराउँदै आउँदै गरेको आउँदै गरेको मोहनी स्वन्ती र नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गरे ।


