मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्तमान सरकारप्रति जनताको आशा पलाएकाे छ : पूर्वसभामुख सापकोटा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वर्तमान सरकारप्रति जनताको आशा पलाएकाे छ : पूर्वसभामुख सापकोटा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
कीर्तिपुर ।  प्रतिनिधिसभाका पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।
आइतबार यहाँस्थित ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले विकास, समृद्ध, सुशासन, सामाजिक न्यायको लागि अगाडि बढिरहेको अवस्थामा कृषिको यान्त्रिकिकरण, आधुनिकीकरण, औद्योगिकिकरण र बजारिकरणलाई बढावा दिन आवश्यकतामा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पूर्वसभामुख सापकोटाले सरकारले एकपछि अर्काे राम्रा कामहरुको थालनी गरेकाले जनता उत्साहित भएको बताउनुभयो । ‘सरकारले धेरै राम्रा काम गरिरहेको छ, जनताको मन जित्न सक्यो भने सबै आन्दोलनका उपलब्धीहरु संस्थागत गर्न सकिन्छ ’ उहाँले भन्नुभयो, जनताका चित्त दुखाउनुु हुन्न भन्ने हाम्रो संकल्प रहेको छ ।’
नेपालमा अहिले ‘शीतयुद्ध’ घनिभूत रुपमा चलिरहेको बताउनुहुँदै उहाँले आउँदा दिनहरुमा विभिन्न खालका तुफान आउन सक्ने संकेत गर्नुभयो । उपाध्यक्ष सापकोटाले सरकार र पार्टीविरुद्ध विभिन्न प्रकारका षड्यन्त्र भइरहेको जनाउनुहुँदै राष्ट्रियताको लागि लड्न आफ्नै जगमा उभिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले विगतमा लडेको जनयुद्धमा भन्दा पृथक रुपमा अहिलेको सूचना प्रविधि र सामाजिक सञ्जाललाई भरपुर प्रयोग शान्तिपूर्ण रुपमा अभियानलाई सशक्त पार्न आवश्यकतामा जोड दिनुभयो । कीर्तिपुरमा २२ वर्षपछि आएको बताउनुहुँदै पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले यस क्षेत्रको वृहत विकास योजना गर्न सकिने धारणा राख्नुभयो । नगरको विस्तारित बैठकमा केन्द्रीय अनुशासन विभागका सदस्य ओपेन्द्र शर्माले हालै बसेको केन्द्रीय समितिको बैठकको सर्कुलर वाचन गर्नुभएको थियो । नगरका १० वटा अध्यक्षले रिपोर्टिग गरिएको सो बैठकका सभापति दिलबहादुर महर्जन र नगरसचिव दयालक्ष्मी महर्जनले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक