बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

भारी वर्षाले ७४ आन्तरिक उडान रद्द

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
हवाई इन्धनको मुल्य प्रतिलिटर २० रुपैयाँ कटौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / भारी वर्षाका कारण आइतबार कम्तीमा ७४ वटा उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार साँझ ७ बजेसम्म काठमाडौंबाट सुगम रुटअन्तर्गत भद्रपुर, तुम्लिङटार, विराटनगर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीका दुईतर्फी गरी ७४ वटा उडान रद्द भएका हुन् ।

त्यस्तै काठमाडौंबाट हिमाली क्षेत्रअन्तर्गत लुक्ला, भोजपुर र रुकुमका लागि तय गरिएका उडान पनि रद्द भएका छन् । आन्तरिक उडानमा रहेका बुद्ध, यती, श्री, तारा, सौर्य, सीता र नेपाल वायुसेवा निगमले काठमाडौं विमानस्थललाई आइतबारका लागि आउने र जाने गरी २ सय २४ वटा उडानको तालिका बुझाएका थिए । यीमध्ये दुईतर्फी गरेर कम्तीमा ७४ उडान खराब मौसमका कारण वायुसेवाहरूले रद्द गरेको जानकारी विमानस्थललाई दिएका छन् । ‘आइतबार राति १० बजेसम्म आन्तरिक उडान हुने भएकाले राति हुने उडान र हुन नसक्ने उडानको तथ्यांक सोमबार बिहानमात्रै यकिन हुनेछ,’ प्रवक्ता झाले भने ।

विमानस्थलका अनुसार बुद्धले ४४, यतीले १०, श्रीले ६, ताराले ४, सीताले ४, नेपाल वायुसेवा निगमले ६ उडान रद्द गरेका छन् । यसैबीच नेपालगन्जबाट आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा उडान हुन सकेन । नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार समिट, सीता र ताराले दुर्गम र हिमाली भेगमा उडान गर्न ५ वटा साना जहाज नेपालगन्जमा राखेका छन् । ‘हवाई रुट र विमानस्थलहरूको खराब मौसमका कारण आइतबार पहाडी भेगमा उडान हुन सकेन,’ खनालले भने, ‘मौसम खराब भएकै कारण २५ दिनदेखि डोल्पाको जुफालमा उडान बन्द छ ।’ सामान्य अवस्थामा नेपालगन्जमा दैनिक काठमाडौं, पोखरा र दुर्गम जिल्लाका लागि कम्तीमा दुई दर्जन उडान हुने गर्छन् ।

यसैगरी भारी वर्षाका कारण आइतबार चारवटा अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता झाका अनुसार चीनको छेन्दुबाट आएको एयर चाइनाको जहाज काठमाडौंमा अवतरण हुन नसकेर छेन्दु नै फर्केको थियो । त्यस्तै नेपालभित्र आइसकेको सिचुवान एयरको जहाज पनि काठमाडौंमा अवतरण हुन नसकेर छेन्दु नै फर्केको थियो । भुटानबाट आउनुपर्ने ड्र्युक एयरले काठमाडौंस्थित विमानस्थलको खराब मौसमका कारण उतैबाट उडान रद्द गरेको थियो । त्यस्तै दिल्लीबाट आएको एयर इन्डियाको जहाज भारी वर्षाका कारण काठमाडौंमा अवतरण हुन नसकेर बनारस फर्केको थियो । त्रिभुवन विमानस्थलका अनुसार, मनसुनमा दैनिक कम्तीमा आन्तरिकतर्फ २ सय र अन्तर्राष्ट्रियतर्फ ८० हाराहारी उडान हुने गर्छन् ।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

२ हप्ता अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक