मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नियमित कानुन बनाउन संसद्‍ अवरोध बाधक भयो : सभामुख घिमिरे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नियमित कानुन बनाउन संसद्‍ अवरोध बाधक भयो : सभामुख घिमिरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नियमित कानुन बनाउनका लागि संसद्‍ अवरोध बाधक भएको बताएका छन् । साथै उनले सांसदहरूलाई अवरोध खोल्नका लागि आग्रह समेत गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । केही सातादेखि नै संसद्‍ अवरोध भइरहँदा नियमित काम कारबाही अगाडि बढाउन नसकेको भन्दै उनले कैयौं विधेयकहरूमा छलफल हुन नसकेको बताए ।

‘केही सातादेखि संसद नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौं विधेयकहरु छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौं । माननीयज्यूहरुले संसद्‍ अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु,’ सभामुख घिमिरेले बताए ।

अघिल्लो कार्यकालमा पनि संसद्‍ विघटन लगायतका कारण संसद्‍ले नियमित काम गर्न नसकेको भन्दै सभामुख घिमिरेले चिन्ता व्यक्त गरेका छन् । घिमिरेले भनेका छन्, ‘अघिल्लो संसद्‍मा पनि संसद्‍ विघटन, पुनर्स्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा प्रर्याप्त छलफल हुन सकेन । मानवअधिकार आयोगको घटुवा जस्ता गम्भीर विषयमा जसरी संसदमा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अरु पनि थुप्रै विधेयकहरु छन्, नीतिहरु बनाउनुपर्ने अवस्था छ । यो परिस्थितिको अन्त्य हुनैपर्छ ।’

सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको पनि बताए । उक्त विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने उनले औल्याएका थिए । सुन तस्करीको घटनाबारे उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै नेकपा एमालेका सांसदहरूले पटक पटक संसद्‍ अवरुद्ध गर्दै आएका छन् ।

साउन २३ गते संसद्‍ खुलाउन शीर्ष नेताहरूबीच सहमति भए पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गरेपछि उनको जवाफमा छानबिन समिति बनाउने कुरा नआएको भन्दै एमालेले फेरि अवरोध सुरु गरेको हो ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक