मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

शैक्षिक माफियाहरु बिरुद्ध बिद्यार्थीहरु आन्दोलित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
शैक्षिक माफियाहरु बिरुद्ध बिद्यार्थीहरु आन्दोलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / शिक्षा क्षेत्रमा ब्रह्मलूट भैरहेको तथ्यसंग मुलुक जानकार छ । अझै भन्ने हो भने बिद्यार्थी र अभिभावकहरु सबैभन्दा बढि जानकार छन् । निजी क्षेत्रका स्कूल र कलेज सञ्चालकहरुले बिद्यार्थीहरुलाई लूट्न सम्म लुटिरहेका छन् । शिक्षण शुल्कका नाममा मनपरी, अतिरिक्त कक्षा शुल्कका नाममा मनपरी, स्कूलभित्रै क्यान्टिन र रेष्टुरेण्टको ब्यापारबाट पनपरी लूट, स्कूलकै नामबाट स्टेशनरीबा लूट, स्कूलकै नाममा   पोषाकको ब्यापारबाट ब्रह्मलूट लगायत बिभिन्न नाममा बिद्यार्थीहरु लुटिंदै आएका छन् । सरकारसमक्ष गुनासो भैरहँदा पनि शैक्षिक माफियाहरु कार्वाहीमा तानिएको पाईएन । जब सरकारले नै शिक्षा क्षेत्रमा लूटलाई नियन्त्रण गर्न बिधेयक ल्याउने तयारी गरेको थियो, माफियाहरु सल्बलाउन थालेका छन् । लूटको साम्राज्य ढल्ने भएपछि माफियाहरु बिधेयकलाई असफल गराउन लागिपरेका छन् ।
ठीक यसैबेला सत्तारुढ दलसम्बद्ध विद्यार्थी संगठनहरुले संघीय शिक्षा ऐन संसदमा पेश भएकोप्रति खुशी व्यक्त गरेका छन् । पाँच दशकपछि क्याविनेटले संघीय संसदमा पेश गरेको विधेयकप्रति संयुक्त विद्यार्थी संगठनले समर्थन जनाएका छन्। उनीहरुबाट संयुक्त बिज्ञप्ति नै जारी गरेर प्रस्तावित विधेयकलाई लिएर प्याब्सन, एनप्याब्सन र हिसानलगायतका निजी विद्यालय सञ्चालकहरुले गरिरहेको विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, माओवादी केन्द्रको अखिल ९क्रान्तिकारी० का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अखिल ९क्रान्तिकारी० का अध्यक्ष प्रकाश शाही, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव, अखिल ९छैठौं० का अध्यक्ष देवेन्द्र कुँवरले साउन २५ गते संयुक्त विज्ञप्ति जारी गर्दै निजि विद्यालय सञ्चालकहरुको विरोधलाई शैक्षिक माफियाहरुको सल्बलाहट भनेका छन् । त्यसप्रति उनीहरुले खेद प्रकट गरेका छन् ।
‘शैक्षिक संस्थाहरु शान्ति र भयरहित क्षेत्र हुन् । विद्यालयमा अध्ययनरत कलिला बालबालिकाको बालमस्तिष्कमा असर पर्ने बन्द हड्तालजस्ता क्रियाकलापहरु गर्न उद्त स्वयम् शैक्षिक संस्थाका सञ्चालकहरुको यो निन्दनीय कार्यप्रति संयुक्त विद्यार्थी संगठनहरु घोर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा ऐन मुलुकको विद्यालय शिक्षा पुनःसंरचनाको आधारमा बन्नुपर्ने माग राख्दै विज्ञप्तिमा सबैको पहुँचमा सर्वसुलभ गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको समेत जनाइएको छ ।
नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ ले शिक्षालाई मौलिक अधिकारको रुपमा सुनिश्चित गर्दै आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरेको स्मरण गराउँदै उनीहरुले शिक्षामा भइरहेको निजीकरणको अन्त्यका लागि कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
‘शिक्षालाई मुनाफाको वस्तु बनाउन खोज्ने शैक्षिक माफियाहरुको सल्बलाहट र अस्वाभाविक चलखेल खेदजनक छ । शिक्षाजस्तो आम नागरिकको मौलिक अधिकारको प्रत्याभूति गराउनको लागि नेपाल सरकार यसको पक्षमा दृढतापूर्वक उभिनुपर्दछ’ बिज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

नेकपा एमाले संसदीय दलको बैठक शुरू

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक