विश्वकप फुटबलपछि सुरु भएको इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा चौंथो स्थानको टोटेनह्यामले संघर्षपूर्ण बराबरी गरेको छ। ब्रेन्टफोर्डले टोटेनह्यामविरुद्ध २–० को अग्रता बनाए पनि टोटेनह्यामले खेलमा पुनरागमन गर्दै २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो।
पहिलो हाफमा ब्रेन्टफोर्डले भिटाली जनेल्टको गोलमार्फत १५ औँ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा उक्त अग्रता नै कायम रहेको खेलमा दोस्रो हाफमा ब्रेन्टफोर्डले अग्रता दोब्बर बनायो।
ब्रेन्टफोर्डविरुद्ध खेलमा फर्कने क्रममा ह्यारि केनले जारी सिजनको १३ औँ गोल सम्भव बनाए। उनले लेङलेटको पासलाई सदुपयोग गर्दै टिमलाई ६५ औँ मिनेटमा १–२ को अवस्थामा ल्याए।
महत्वपूर्ण अङ्क खोस्ने क्रममा टोटेनह्यामका लागि पिएरे इमरिक होजजर्गले ७१ औँ मिनेट गोल गर्दै टिमको सम्भावित हार टारेका थिए। जितपछि टोटेनह्याम चौंथो स्थानमा कायम रहँदा ब्रेन्टफोर्ड नवौं स्थानमा रहेको छ।


