सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘एक्स’ बन्यो ट्वीटरको चरो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
‘एक्स’ बन्यो ट्वीटरको चरो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सामाजिक सञ्जाल ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघिको परिचित नीलो ‘चरो’ लाई परिवर्तन गरेर सोमबार साँझदेखि ‘एक्स’ राखिएको हो

ट्वीटरका मालिक इलन मस्कले आइतबार साँझ आफ्ना कर्मचारीलाई इमेल गर्दै कम्पनी ‘एक्स’ मा परिणत हुने उल्लेख गरेका थिए । मस्कले ट्वीटरको स्वामित्व ग्रहण गर्नेबित्तिकै कम्पनीलाई ‘एक्स कर्पोरेसन’ मा परिणत गरेका थिए ।

अमेरिकी समयअनुसार आइतबार मध्यरातदेखि मस्कले एक्सबारे ट्वीट गर्न सुरु गरेका थिए । पहिले ‘एक्स’ अक्षर मात्रै ट्वीट गरेका उनले त्यसपछि आफूहरूले बिस्तारै ट्वीटरको अहिलेको ब्रान्ड र चरो दुवैलाई बिदा गर्ने घोषणा गरेका थिए । यस्तो कार्य निकै अघि नै भइसकेको हुनुपर्ने दाबी गर्ने मस्कले आफ्नो प्लेटफर्मलाई चिनियाँ विच्याटजस्तै सुपर एप अर्थात् धेरैथोक गर्न मिल्ने गरी विकास गर्न खोजेको विश्लेषकहरूको अनुमान छ । ट्वीटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुनः ब्रान्डिङ प्रक्रिया एक उत्साहपूर्ण अवसर भएको प्रतिक्रिया दिएकी छन् ।

ट्वीटरको आम्दानी आधाभन्दा कम भएको भन्ने मस्कको स्विकारोक्ति र प्रतिस्पर्धी मेटाको थ्रेड्सले द्रुत गतिमा प्रयोगकर्ता तानिरहेको सन्दर्भमा अहिलेको अपर्झट प्रयत्नले प्लाटफर्मका मौलिक प्रयोगकर्तालाई अझै अलग गराउने फरेस्टर रिसर्चका निर्देशक माइक प्रोल्क्सले रोयटर्ससँगको कुराकानीमा भनेका छन् । ‘एकातर्फ हामी उनले आफ्नो चिरपरिचित ब्रान्डलाई त्याग्न लागेको तर्क दिन सक्छौं,’ माइक भन्छन्, ‘अर्कोतर्फ ट्वीटर आफ्ना पुराना दिनलाई बिस्तारै फेर्दै फरक दिशा र फरक प्रयोगकर्तातर्फको नयाँ बाटोमा अघि बढेको पनि भान हुन्छ ।

सन् २००६ को मार्चमा ज्याक डोर्सी, नोआ ग्लास, बिज स्टोन र एभान विलियम्सले चर्चित चरोसहित स्थापना गरेको ट्वीटर त्यही वर्षको जुलाईबाट सार्वजनिक प्रयोगका लागि उपलब्ध भएको थियो । त्यसयता प्लेटफर्मको लोगोको रङ र शैलीसँगै प्रमुखहरू फेरिए पनि मूल लोगो र ट्वीटको शैली उस्तै रहँदै आएकामा सन् २०२२ मा मस्कले खरिद गरेपछि विभिन्न सफल र असफल प्रयोग हुँदै आएको छ । त्यसयता मस्कले कम्पनीका आधाभन्दा बढी कर्मचारीलाई अवकाश दिइसकेका छन् । अवकाश प्रक्रियालाई लिएर अनेक कानुनी र प्राविधिक झमेलामा उनी पर्दै आएका छन् ।

अहिले प्रस्तावित एक्स डटकम सन् १९९९ मा मस्कले ह्यारिस फ्रिकर, क्रिस्टोफर पायने र एड होसँगको साझेदारीमा क्यालिफोर्नियाको पाओ आल्टोमा स्थापना गरेको अनलाइन बैंक हो । सन् २००० मा एक सफ्टवेयर कम्पनीसँग मिलेर एक्स डटकमलाई पेपलमा परिणत गरेका मस्क र उनका साझेदारले सन् २००२ मा इबेलाई उक्त कम्पनी डेढ अर्ब डलरमा बिक्री गरे । २०१५ यता पेपल स्वतन्त्र कम्पनी बनेपछि २०१७ मा मस्कले एक्स डटकमको डोमेन पेपलसँग पुनः खरिद गरेका थिए, अहिले एक्सडटकमलाई ट्वीटरमा रिडिरेक्ट गर्ने गरी राखिँदै आएको थियो ।

केही साताअघि पैसा नतिर्ने प्रयोगकर्ताले दैनिक हेर्न मिल्ने पोस्टको कोटा तोक्न लगाएका मस्कले पछिल्ला दिनमा भेरिफिकेसन नकिन्नेले पठाउन मिल्ने डिरेक्ट म्यासेज (डीएम) को संख्या सीमित गर्ने र बिस्तारै लामा–लामा लेखहरू पोस्ट गर्न दिने मात्रै नभई भेरिफाई गरेका कम्पनीलाई लिंक्डइन शैलीको रोजगारीका अवसर पनि प्रकाशित गर्न दिने घोषणा गरिएको छ । ४४ अर्ब डलरमा खरिद बिक्री भएयता घट्दो विश्वसनीयता र समस्याको चाङसँग जुध्दै आएको सो कम्पनीलाई मस्कका पछिल्ला प्रयासले कुन दिशा दिने हो, हेर्न रोचक हुने प्रविधि विज्ञहरूको धारणा छ ।

यो पनि पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

१९ घण्टा अगाडि
प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक