सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एसिसी इमर्जिङ टिम्स कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एसिसी इमर्जिङ टिम्स कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं- एसिसी इमर्जिङ टिम्स कपको फाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने भएका छन्। सेमिफाइनलमा भारत ‘ए’  ले बंगलादेश ‘ए’ तथा पाकिस्तान ‘ए’ ले श्रीलंका ‘ए’ लाई पराजित गर्दै फाइनलमा एक अर्का विरुद्धको भेट पक्का गरेका हुन्। प्रतियोगितामा नेपाल भने समूहचरणबाटै बाहिरिएको छ। नेपालकै समूहमा रहेको भारत र पाकिस्तानले अब उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

शुक्रबार श्रीलंकामा भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले घरेलु टोली श्रीलंका माथि ६० रनको जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ओमाइर युसुफको ८८ रन तथा कप्तान मोहम्मद हरीस्को ५२ रनको अर्धशतकीय इनिङमा निर्धारित ५० ओभरमा ३ सय २२ रनको स्कोर तयार गरेको थियो। जवाफमा श्रीलंका ४५.४ ओभरमा अलआउट हुँदै २ सय ६२ रनमा समेटियो। ओपनर अभिसका फर्नान्डो र सहान अर्राचिगेले समान ९७-९७ रनको स्कोर बनाएपनि अन्य ब्याटर क्रिजमा टिक्न नसक्दा श्रीलंका पराजित हुन पुग्यो। पाकिस्तानका लागि अर्शद इकबालले ५ विकेट लिएका थिए।

त्यस्तै शुक्रबारनै भएको दोस्रो लो-स्कोरिङ सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ५१ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको भारत ४९.१ ओभरमा अलआउट हुँदै २ सय ११ रनमा समेटिएको थियो। उसका लागि कप्तान यस धुलले सर्वाधिक ६६ रनको इनिङ खेल्दा अन्य ब्याटरले भने गतिलो स्कोर बनाउन सकेनन्। कसिलो बलिङ गरेको बंगलादेशका लागि मेहदी हसन, तन्जिम हसन सकिब र रकिबुल हसनले समान २-२ विकेट लिएका थिए।

२ सय १२ रनको लक्ष्य पछ्याएको बंगलादेशले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रम समालिन नसक्दा ३४.२ ओभरमा १ सय ६० रनमा समेटियो। पहिलो विकेटका लागि मोहम्मद नइम र तनजिद हसनले ७० रनको साझेदारी गरेका थिए। नइम ३८ रनमा आउट हुँदा हसनले ५१ रनको अर्धशतकीय इनिङ खेले। यि दुई बाहेक कप्तान सइ हसनले २२ तथा ममुदुल्लाह मसन जोयले २० रन बनाएका थिए। तर पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा बंगलादेश फराकिलो हार भोग्न बाध्य भयो। भारतका लागि निशान्त सिन्धुले ५ विकेट लिंदा मानव सुथरको नाममा ३ विकेट रह्यो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

५ घण्टा अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक