शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

२० रुपियाँको दरले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
२० रुपियाँको दरले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बर्दिबास । महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम भुक्तानी गरेको छ । मिलले प्रति क्विन्टल वृद्धि रकम २० रुपियाँको दरले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा गरेको एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो ।

यसअघि मिलले १७ पटक गरी साबिक पाँच सय २० रुपियाँ प्रति क्विन्टलको दरले उखुको १ अर्ब ४० करोड २५ लाख रुपियाँ भुक्तानी गरी सकेको थियो । सरकारले चालु आर्थिक वर्ष ०७९/८० का लागि अनुदानबाहेक उखुको मूल्य प्रति क्विन्टल २० रुपियाँ वृद्धि गरी पाँच सय ४० रुपियाँ तोकेको थियो । तर मिलले उत्पादित चिनी विक्री हुन नसकेको जनाउँदै सुरुमा साबिक मूल्य प्रति क्विन्टल पाँच सय २० रुपियाँको दरले मात्र चैत महिनामा भुक्तानी गरेको थियो ।

मिलले साबिक रेटमै भुक्तानी गर्न थालेपछि वृद्धि रकम २० रुपियाँ पाइँदैन की भन्ने उखु कृषकमा आशङ्का बढेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले बताउनु भयो । “ढिलै भए पनि २० रुपियाँ प्रति क्विन्टलको दरले भुक्तानी गरेर एभरेष्ट चिनी मिलले किसानको आशङ्का मेटेको छ,’ उहाँले भन्नु भयो, “अब किसान र चिनी मिलबीच चालु क्रसिङ सिजनको हिसाबकिताब लिनुदिनु छैन ।”

एभरेष्ट चिनी मिलले क्रसिङ सिजन ०७९/८० लागि महोत्तरी, सर्लाही, रौतहट र धनुषा जिल्लाका १२ हजार पाँच सय ९० जना कृषकबाट २६ लाख ३० हजार ७४७ क्विन्टल उखु खरिद गरी दुई लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको थियो । मिलले खरिद गरेका सबै उखुको १७ पटक गरी किसानहरूको खातामार्फत भुक्तानी सकेको हो ।

उचित मूल्य र समयमै भुक्तानी नपाएको कारण उखु खेती घट्दै गएपछि एभरेष्टले यो वर्ष उखु खरिद गरेको साता दिनभित्र भुक्तानी दिने नीति लिएको थियो । “यो नीति अन्तर्गत हामीले सबै कृषकको समयभित्रै भुक्तानी सकेका छौँ,’ ठाकुरले भन्नुभयो, “बाँकी रहेको वृद्धि रकम २० रुपियाँ प्रति क्विन्टलको हिसाब पनि सबै किसानको खातामा जम्मा गरी दिएका छौँ ।”

उखु कृषकले मल, बिउँ, मजदुरी महँगो भएको र इन्धनको मूल्य आकासिएकाले उखुको पुरानै मूल्यमा एक सय १० रुपियाँ थप गरी प्रति क्विन्टल ७०० रुपियाँ पुर्‍याउनु पर्ने माग राख्दै आएका थिए । तर मिलले पाँच सय ४० र सरकाले अनुदान बापत ७० रुपियाँ दिने गरी प्रति क्विन्टल उखुको नयाँ मूल्य ६१० रुपियाँ निर्धारण गरिएको छ ।

अनुदान बापतको ७० रुपियाँ भने सरकारले नयाँ बजेट भाषणपछि दिने गरेकोले उखु किसानले एकमुष्ठ भुक्तानी नपाउँदा बढेको मूल्यको अनुभूति गर्न नपाएको गुनासो गर्दै आएका छन्  ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक