शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित

धारणा न्यूज by धारणा न्यूज
४७ मिनेट अगाडि
0
रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको छ ।

नजिकिँदै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दाबी गरेको छ । मन्त्रालयको कृषि विकास महाशाखाअन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले १६ भदाैमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ ।

मन्त्रालयका माटो विज्ञ रजनिश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द भएको उल्लेख छ । सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध आई ‘फोर्स मेजर’को अवस्था सिर्जना भएको मन्त्रालयको दाबी छ । ‘खरिद सम्झौता भइसकेको डीएपी मल समयमै आपूर्ति गर्ने अवस्था कमजोर देखिएको हुँदा गहुँ बालीको लागि डीएपी मलको कमी हुन सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई डीएपी मलको बिक्री वितरण स्थगित गर्ने निर्णय भएको छ,’ मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ । १५ भदौको मन्त्रीस्तरको निर्णयअनुसार हाललाई डीएपीको बिक्री वितरण रोकिएको हो ।

मल बिक्री वितरण रोक्ने यस कदमलाई कार्यान्वयन गर्न मन्त्रालयले ‘मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को दफा १२ को उपदफा (६) मा भएको व्यवस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन समेत गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले धान बालीलाई अहिले युरिया मल मात्र आवश्यक पर्ने भएकाले डीएपी मल गहुँको लागि जोगाएर राखिएको दाबी गरेका छन् ।

‘भदौ र असोज महिनामा धानबालीका लागि डीएपी मल खासै आवश्यक पर्दैन, अहिले डीएपी वितरण गर्दा सहकारीहरूले लगेर एग्रोभेटलाई दिने वा अनावश्यक रूपमा होल्ड गरेर राख्न सक्ने जोखिम हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसो हुँदा मुख्य रूपमा डीएपी चाहिने गहुँ सिजनमा अभाव नहोस् भनेर मन्त्रालय र हाम्रो आपसी सल्लाहमा नै यो निर्णय भएको हो ।’

अहिले तराई मधेस लगायतका क्षेत्रमा धानको ’टप ड्रेसिङ’ का लागि युरिया मलको माग बढी रहेको र त्यसको आपूर्ति भइरहेको उनको दाबी छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार हाल कम्पनीमा युरिया मल गोदाममा २२ हजार ९ सय १० टन मौज्दात छ भने करिब ३३ हजार टन भारत लगायतका देशबाट आउने बाटोमा छ । डीएपी मल गोदाममा १४ हजार ६ सय ४५ टन मौज्दात छ भने करिब १८ हजार टन आउन बाँकी रहेको उनले जनाए ।

मध्यपूर्वको तनावका कारण मल आपूर्तिमा विश्वव्यापी रूपमै समस्या देखिएको छ । प्रबन्ध सञ्चालक पोखरेलले इरानले होर्मुज नाकामा कडाइ गरेको र रेड सी (लाल सागर) मा हुथी विद्रोहीको आक्रमणका कारण पानीजहाजको रुट प्रभावित हुँदा समयमै मल ल्याउन कठिन भइरहेको जनाए। ‘अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक ग्यासबाट निस्कने सल्फरको उत्पादन घटेका कारण डीएपी उत्पादन क्षमता पूर्णरूपमा चल्न सकेको छैन,’ उनले भने, ‘यसले गर्दा डीएपीको मूल्य प्रतिटन एक हजार डलरभन्दा माथि पुगेको छ, यद्यपि, युरियाको मूल्य भने केही घटेर ५३० देखि ५५० डलरको हाराहारीमा छ ।’ अन्तर्राष्ट्रिय बजारमा युरिया मल सहज रूपमा पाइने भए पनि डीएपी मल पाउन निकै गाह्रो रहेको र माग उच्च रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित

३ हप्ता अगाडि
जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिलिमे टनेल नजिकै भग्नावशेष पन्छाउँदै

ओमान विरुद्ध नेपालकाे शानदार जित

मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

सामाजिक सञ्जालमा महिलामाथि दुर्व्यवहार बढ्दो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक