काठमाडौं । सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।


