आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने ४ अर्बको कारोबार भएको नेप्सेमा मंगलबार घटेर ४ अर्ब ११ करोड ६ लाखको कारोबार भएको छ । ६३ हजार ९५० वटा कारोबारमा १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

सोमबारसम्म लगातार ९ दिन बढ्दा १९१ अंक भन्दा माथिले वृद्धि भएको नेप्से सामबार १०औं दिनमा आएर एकल अंकको सामान्य गिरावट भएकोमा मंगलबार पनि घट्ने क्रमले निरन्तरता पाएको हो । लगानी, उत्पादनमूलक र व्यापार उपसूचकमा सामान्य वृद्धि भएको छ भने बैंकिङ उपसूचकमा समान्य मात्रै गिरावट भएपनि बीमा हाइड्रोपावर, वित्त कम्पनी र विकास बैंक उपसूचकमा उच्च अंकको गिरावट हुँदा नेप्सेमा पनि १.२७ प्रतिशतले गिरावट भएको हो । मंगलबार लगानी उपसूचक सर्वाधिक ०.७३ प्रतिशतले वृद्धि हुँदा उत्पादनमूलक उपसूचक ०.१७ प्रतिशत र व्यापार उपसूचक ०.०१ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचकमा ०.०७ प्रतिशले मात्रै गिरावट भएपनि वित्त कम्पनी उपसूचक ३.७० प्रतिशत, जीवन बीमा उपसूचक २.७५ प्रतिशत, अन्य उपसूचक २.४३ प्रतिशत,निर्जीवन बीमा उपसूचक २.३९ प्रतिशत, लघुवित्त उपसूचक २.१६ प्रतिशतले घटेको छ । यस्तै हाइड्रोपावर उपसूचक २.४६ प्रतिशत र विकास बैंक उपसूचकमा १.५२ प्रतिशतले गिरावट भएको हो । घटेको बजारमा मंगलबार नेपाल इन्फ्रास्ट्रचर बैंकको सर्वाधिक २० करोड ५८ लाखको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको १९ करोड ४४ लाख र हिमालयन डिस्टिलरीको १३ करोड ६० लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेका छन् । यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये सिटी होटलको सेयरमूल्य १० प्रतिशत, बीपीडब्ल्यू लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत, इङ्वा हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता युनिक नेपाल लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सानिमा इक्विटी फण्डको इकाइमूल्य ८.८९ प्रतिशत र मानुषी लघुवित्तको सेयरमूल्य ७.४८ प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

३ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक