काठमाडौँ- प्रतिनिधिसभा सदस्यहरुको बिहीबार हुने शपथमा २ दर्जनभन्दा बढी सांसदले नेपालीबाहेकका भाषामा शपथ लिन निवेदन दिएका छन्।
नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेले बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन सक्नेछन्। संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बेलुकासम्म २६ जना सांसदले नेपालीबाहेकका भाषामा शपथ लिन निवेदन दिएका छन्।
राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारु तथा स्वतन्त्र सांसद लालवीर चौधरी गरी ५ जनाले थारु भाषामा शपथ लिनेछन् । जनमत पार्टीका सोनु मुर्मुले सन्थाली भाषामा शपथ लिनेछन् भने जनमत पार्टीका चन्द्रकान्त राउत, बिनिताकुमारी सिंह र अनिता देवीले मधेशमा बोलिनेमध्ये कुनै भाषामा शपथ लिने बताएका छन्।


