शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कहिले पुग्ला रणसिंकिटेनीमा सडक ?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
उत्तर-दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी

A double yellow line on a road curving into the distance.

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / २०६६ मा बडिगाड गाउँपालिका–४ को जलजलामा पुगेको सडक छिमेकी वडा नम्बर–८ को रणसिंकिटेनीमा भने अझै पुग्नसकेको छैन । वडा कार्यालय र स्वास्थ्य चौकी पनि सडक सञ्जालले छोएको छैन । सडक नपुग्दा स्थानीय पैदलै हिँड्न बाध्य छन । अत्यावश्यक काम पर्दा गाउँपालिका पुग्न उनीहरूले घण्टौँ पैदल यात्रा गर्नुपर्छ । रणसिंकिटेनीमा सडक लैजाने पहल १४ वर्षअघि नै भएको थियो । काम थाल्न स्थानीय जुर्मुराएका पनि हुन् । उपभोक्ताले ५० लाख रुपैयाँ चन्दा संकलन गरेर काम थालेपछि तत्कालीन जिविसले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त रकमले रणसिंकिटेनीको सिमानासम्म मात्रै पुग्यो । उक्त रकमले १२ किलोमिटर ट्य्राक खोल्ने लक्ष्य लिएका स्थानीयले आधा पनि काम गर्न सकेनन् ।

तत्कालीन उपभोक्ता समितिले जलजलादेखि रणसिंकिटेनीको सिमानासम्म सडकको ट्य्राक खोलेपछि बजेट सकियो । पटक–पटक स्थानीयले चन्दा उठाएर केही पहरा फोड्ने प्रयास पनि गरे । जिविस खारेजीपछि स्थानीय तहले आफ्ना वडालाई सडक सञ्जालमा जोड्ने लक्ष्य बनायो । तत्कालीन गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जलजला र भिमगिठे दुवैतर्फबाट ट्य्राक खोल्न प्रयास गरे ।

वर्तमान अध्यक्ष गण्डकी थापा अधिकारीले पनि बजेटमा सडक निर्माणलाई प्राथमिकता दिएकी छिन् । तर भौगोलिक कठिनाइले अझै सडक सञ्जालले जोड्न नसक्दा सवारी चढेर गाउँ पुग्ने स्थानीयको सपना पूरा हुन सकेको छैन । वडाको दुवैतर्फको सिमानामा सडकले छोए पनि वडा कार्यालय पुग्न अझै २ घण्टा पैदल हिँड्नैपर्छ । ‘म आफैं दुई घण्टा नहिँडे वडामा पुग्नै सक्दिनँ,’ वडाध्यक्ष जंगबहादुर बलालले भने, ‘शिक्षा र स्वास्थ्य सेवा लिनेले पनि पैदलै हिँड्न बाध्य छन् ।’ हरेक वर्ष श्रमदान र स्थानीयले पैसा उठाएर सुरु गरेको सडक निर्माण अझै पूरा हुन नसकेको उनले बताए ।

‘दस वर्षसम्म चन्दा उठाएर काम गरेका हौं, अब चन्दा उठाउने अवस्था छैन’ बलालले भने, ‘गाउँपालिकाको बजेट लगानी गरेर काम अगाडि बढाइरहेका छौं, तर अझै पूरा हुने अवस्था छैन ।’

वडाका मुख्य बस्तीमा सडक कहिले पुग्छ भन्ने उनले अझै अन्यौल भएको बताए । चार वर्षअघि नै बडिगाड गाउँपालिकाले चक्रपथ निर्माणका लागि यो सडक रोजेको थियो । अहिलेसम्म जलजलादेखि भेडीखोर हुँदै खोलाखर्क पुग्ने सडकको ट्य्राक खुलेको छ । तर यी गाउँलाई स्वास्थ्यचौकी र वडासम्म जोड्ने योजना बजेट अभावमा पूरा नभएको हो ।

गाउँपालिकाको ४५ लाख लगानी गरेर भेडीखोरदेखि दोभान जाने ट्य्राकको तयारी भए पनि यो बजेट अभाव भएको हो । अहिले पुरानो गाउँनजिकको भिरमा खन्न लागिएको सडक पनि बजेट अभावले स्थगित भएको छ । पालिकामा बैठक परेर जानु परे वडाबाट दुई घण्टा पैदलपछि रणसिंकिटेनीबाट ३ घण्टा जिपको यात्रा गर्नुपर्ने उनले बताए । बलालका अनुसार चालु आर्थिक वर्षमा भेडीखोरदेखि दोभान जाने सडकलाई गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले ९७ लाख विनियोजन गरेको थियो । रकम अपुग भएपछि पालिकाले २९ लाख रुपैयाँ थप्ने निर्णय गरेको छ ।

‘प्रदेशको ६० लाखले २ सय मिटर पनि बाटो खन्न सकिएन,’ उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पाइजाले भने, ‘पहरा फोडेर लैजानुपर्ने भएपछि बजेट सकेर काम रोकिएको छ ।’ सीमित बजेटमा काम गर्दा अझै तीन वर्षमा पनि सडक जोड्न कठिन हुने उनले बताए ।

सडकको ट्य्राक जोडिएमा रणसिंकिटेनी, भेडिखोर, पुरानो गाउँ हुँदै भिमगिठे निस्कन सहज हुनेछ । ‘यो सडक बनिसक्दा वडाभित्रै ६० किलोमिटरभन्दा लामो हुनेछ । लगानी जुटाउन नसकेर अहिले सबै आजित भइसके,’ बलालले भने, ‘नियमित काम भए अझै सडकले जोडिन तीन वर्ष लाग्ने सम्भावना छ ।’ भिमगिठे दोभान रणसिंकिटेनी हुँदै भेडीखोर पुग्ने सडकको डीपीआर बनाएर काम थालेको चार वर्षमा पनि यो सडकको ट्रयाक जोड्न नसकिएको उनले गुनासो गरे ।

रणसिंकिटेनी एउटा वडामात्रै भए पनि भौगोलिक रूपमा अन्य पालिकाभन्दा ठूलो छ । यहाँका बासिन्दा भेडापालन, आलु, गहुँ र जौजस्ता खेती गरेर जीवन निर्वाह गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक