कीर्तिपुर । कीर्तिपुरको तः ननि दाफा खलको आयोजनामा परापूर्वकालदेखि चलाउँदै आइरहेको देवी नाचले निरन्तरता पाएको छ ।
करिब ३ सय वर्ष पुरानो मनाइएको देवी नाच (द्यः प्याखं) यस बर्ष कीर्तिपुरमा कोग्राजत पुर्णिमा सोमबार दिन यस बर्ष कीर्तिपुरमा अन्तिम पटक देखाइएको हो ।
यस नाच कीर्तिपुरको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सो नाच खि, ता, बबुचा, पोंगाको तालमा नचाइने यस नाचमा इन्द्रायणी, बाहायणी, भैरव, ख्याः, कवं दागिकी, पो प्रमुख पात्र रहेको हुन्छ ।
बिजयादशमीको टिकाको दिन कीर्तिपुर नगरपरिक्रमा गरि द्यो ढोकामा नाच देखाएपछि र बाघभैरव मन्दिर परिसर नासः द्यः अर्थात नाट्येश्वर अगाडि नासः ग्वारा गायनको आधारमा नाच देखाउने कोग्राजत पुर्णिमाका दिन चिलन्चो ९जगतपाल महाबिहार० अवस्थित हिरामुनि बज्राचार्य गुरूको स्मरणमा नाच देखाइएको तःननि दाफा खलका अध्यक्ष दिलिप कुमार महर्जनले जानकारी गराउनु भयो । ।
यस देवी नाच पौराणिक लाल हिरा कथामा आधारित रहेको छ । लाल ‘केटा’ र हिरा ‘केटी’ पात्रबीच विछोड भएको अवस्थामा हिरा ९केटी० ले श्री इन्द्रायणी माताको अराधना गरि लाल प्राप्त भएपछि विछोड जोडीलाई मिलन गराएको उपलक्ष्यमा इन्द्रायणी माताको अराधना गरी नाचको रूपमा नाच देखाउने परम्परा रहेको छ ।
कुनै समय लोप हुन लागेको यस नाच आजभन्दा करिब सात बर्ष अगाडि कीर्तिपुरका तःननि टोलका संस्कृति प्रेमी जागरूक युवाहरूको अग्रसतामा नयाँ पिढीहरूलाई हस्तातरण गरिएको थियो ।
करिब २४ बर्ष अगाडि युवाहरूलाई देवी नाच प्रशिक्षण गराई नव युवाहरूलाई देवी नाच प्रशिक्षण गराई देखाएको प्रदर्शनी गराएको थियो ।
तलकाे म्यूजिक भिडियाे गएर हेर्न सकिन्छ :
भैरवकाे एक नृत्य


