काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु)को निधन भएको छ ।
उपनिर्वाचनको चुनावी प्रचारप्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मंगलबार दिउँसो निधन भएको हो । उनको उपचारको क्रममा दिउँसो १ः३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ ।
घरको छतबाट खसेर गम्भीर घाइते भएका थापालाई चितवनकै पुरानो मेडिकल कलेजमा उपचार गराए पछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।


