काठमाडौं । आन्दोलनरत निजामती कर्मचारीहरुले मुख्य सचिवसहित उच्च अधिकारीहरुलाई ‘एसएमएस’ पठाएर विरोध गरेका छन् ।
संघीय निजामती सेवा ऐन २०७९ को मस्यौदामा विरोध जनाउँदै निजामती कर्मचारी ट्रेड यूनियनहरुले मुख्य सचिवसहित उच्च अधिकारीहरुलाई ‘एसएमएस’ पठाएका हुन् ।
मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर, कानुन न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञावली, अर्थ सचिव तोयम राया र संघीय मामिलाका सहसचिव नारायण अर्याललाई ‘राष्ट्रिय स्तरका ट्रेड युनियनले उठाएका माग समावेश गरी अविलम्ब कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गरियोस्’ भन्दै एसएमएस गरिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।


