काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका छन्।
नेपालले यूइईलाई मंगलबार ७ विकेटले जित हात पार्दै च्याम्पियन बनेको छ भने एसिया कपमा स्थान पक्का गरेको छ।


