बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको प्रक्रिया अघि बढ्न नसकेको हो ।

अल जजिराका अनुसार रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले मंगलबार प्रस्ताव समितिमा पठाउने निर्णय गरेको हो । यो निर्णयसँगै हेगसेथविरुद्ध तत्काल महाभियोगको औपचारिक मतदान हुने सम्भावना टरेको छ ।

रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए । इरान युद्ध सञ्चालनमा उनको भूमिका र अन्य सैन्य कारबाहीलाई लिएर प्रस्तावमा आरोप लगाइएको थियो ।

प्रस्तावलाई समितिमा पठाउने पक्षमा रिपब्लिकन सांसदहरूले मतदान गरेका थिए । मासी भने आफ्नै दलका सांसदहरूमध्ये प्रस्ताव समितिमा पठाउने निर्णयको विपक्षमा उभिएका एकमात्र सदस्य थिए ।

अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण आगामी जनवरीसम्म रहने भएकाले समितिले प्रस्तावमाथि सुनुवाइ गर्ने, अनुसन्धान अघि बढाउने वा महाभियोगका धारालाई अगाडि बढाउने सम्भावना न्यून रहेको अल जजिराले जनाएको छ ।

महाभियोग प्रयास असफल भएपछि पेन्टागनका प्रवक्ता सिन पार्नेलले यसलाई हेगसेथ, रक्षा मन्त्रालय र अमेरिकी सैनिकका लागि पूर्ण विजय भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा प्रस्तावलाई राजनीतिक अभ्यास भन्दै समितिमा यसलाई नक्कली महाभियोगका रूपमा अन्त्य गरिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हेगसेथको समर्थन गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा महाभियोग प्रयास दयनीय रूपमा असफल भएको प्रतिक्रिया दिएका छन् । सिनेटमा रिपब्लिकन नेता जोन थुनले पनि राष्ट्रपति ट्रम्पको हेगसेथमाथि विश्वास कायम रहेको जनाएका छन् ।

तर, डेमोक्र्याट सांसदहरूले भने महाभियोग प्रयास रोकिएकोमा असन्तुष्टि जनाएका छन् । सांसद माइक क्विग्लीले महाभियोगको प्रयास फेरि अघि बढाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मैले पिट हेगसेथलाई महाभियोग लगाउने पक्षमा मतदान गरेँ । त्यो मतदान असफल भए पनि महाभियोग हुनेछ ।’

यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिका र इरानबीच वार्ता भइरहेको भन्ने खबर अस्वीकार गरेका छन् । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भने इजरायलले अमेरिकालाई इरानसँग अनन्त युद्धमा तान्न खोजिरहेको आरोप लगाएका छन् ।

गालिबाफले युद्ध अन्त्य गर्न चीनले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । अल जजिराका अनुसार रुस र इरानका कूटनीतिज्ञहरूले पनि मस्कोमा भेटेर मध्यपूर्वको बढ्दो तनाव र क्षेत्रीय द्वन्द्व समाधानका विषयमा छलफल गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार राजनीतिक तथा कूटनीतिक माध्यमबाट संकट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२ घण्टा अगाडि
सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक