काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू तिहार र छठ बिदाका दिनहरूमा पनि खुला रहने भएका छन् ।
आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा पनि खुला राखिएको हो ।
उनले प्रेस नोट निकालेर अगाडि भनेका छन्, ‘ राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने व्यवस्था गरिएको हो । यस अवधिमा आकस्मिक प्रयोजनका लागि आयोगका कार्यालय तथा मोवाइल नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।’
आयोगको केन्द्रीय कार्यालय, पुल्चोक ललितपुरमा छ । कोशी प्रदेश कार्यालय विराटनगरमा छ । कोशी प्रदेश शाखा कार्यालय खोटाङमा पनि छ ।
मधेश प्रदेश कार्यालय जनकपुरमा, बागमती प्रदेश कार्यालय हेटौंडामा, गण्डकी प्रदेश कार्यालय पोखरामा छ ।
लुम्बिनी प्रदेश कार्यालय दाङमा कर्णाली प्रदेश कार्यालय सुर्खेतमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा छ । लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जमा र कर्णाली प्रदेश शाखा कार्यालय जुम्लामा छ ।


