शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जग्गा सट्टापट्टामा अनुचित काम नभएको जिकिर

धारणा न्यूज by धारणा न्यूज
२३ मिनेट अगाडि
Reading Time: 1 min read
0
माकुनेलाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरको फलफूल फार्मको जग्गा सट्टापट्टा गर्दा आफूबाट कुनै गलत र अनुचित काम नभएको जिकिर गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफूले सम्बन्धित मन्त्रालयहरूबाट प्रक्रियासम्मत रुपमा आएको फाइल अघि बढाएको जनाएका छन् ।

‘सिधै मन्त्रिपरिषद्ले निर्णय नगरी सामाजिक समितिमा राम्ररी छलफल गरी सबै पक्ष केलाएर उपयुक्त ठानिएमा निर्णय गर्ने अधिकार समितिलाई दिइएको हो,’ पूर्वप्रधानमन्त्री नेपालले बयानमा भनेका छन्, ‘सबै कुरा कानून र विधि सम्मत भएको र राष्ट्रलाई नोक्सान नहुने कुरा भएको ठानेर मन्त्रिपरिषद्को सामूहिक रुपमा निर्णय गरेको मलाई लाग्छ ।’

मन्त्रालयबाट पेश भएका प्रस्तावहरू कानून बमोजिम भए/नभएकोबारे हेर्ने अधिकार मुख्यसचिवको हुने भन्दै उनले प्रस्ताव कानून विपरीत भएमा फिर्ता पठाउन सकिने भएमा मुख्यसचिवले त्यसो नगरेको बयान गरेका छन् ।

प्रधानमन्त्रीले मुख्यसचिवमाथि विश्वास र भरोसा गर्ने भन्दै उनले मुलुकलाई नोक्सान हुने कुरा आफूले कल्पना पनि नगरेको जिकिर गरेका हुन् ।

मुख्यसचिवले प्रक्रियासम्मत प्रस्ताव हो भनेपछि आफूहरूले निर्णय गरेको भन्दै उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले रिजाल क्यानिङको जग्गा र उक्त कम्पनीका सञ्चालकहरूसँग आफ्नो मन्त्रिपरिषद्का तत्कालीन सदस्य डा. मिनेन्द्र रिजालसँगको नातासम्बन्धबारे समेत थाहा नभएको बताएका हुन् ।

२०४८ सालमा मन्त्रिपरिषद्ले गरेको निर्णयबारे पनि आफूलाई कसैले जानकारी नगराएको भन्दै उनले बयानमा भनेका छन्, ‘सबै कुरा कानून र विधि सम्मत भएको र राष्ट्रलाई नोक्सान नहुने कुरा भएको ठानेर मन्त्रिपरिषद्को सामूहिक रुपमा निर्णय गरेको मलाई लाग्छ ।’

गत मंगलबार अख्तियारले मन्त्रिपरिषद्बाट जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको भनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उनको मन्त्रिपरिषद्का सदस्य रहेका मन्त्री डा. मिनेन्द्र रिजाल लगायत ९७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरूमाथि एकमुष्ठ ७३ करोड ४९ लाख रुपैयाँ बिगो मागेको थियो ।

हेर्नुहोस् बयानको पूरा विवरण

विभागीय मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भएको प्रस्ताव कानून बमोजिमको भए नभएको तथा आवश्यक सम्पूर्ण कागजातहरू रहे नरहेको हेर्ने अधिकार र कर्तव्य मन्त्रिपरिषद्का सचिव मुख्य सचिवको हुन्छ ।

उक्त प्रस्तावलाई मन्त्रिपरिषद्‍को बैठकमा पेश गर्ने नगर्ने भन्ने अन्तिम निर्णय प्रधानमन्त्रीको हुन्छ । प्रस्ताव कानून विपरीत भएको वा असहमत भएको अवस्थामा उक्त प्रस्ताव फिर्ता पठाउन सकिन्छ ।

भूमिसुधार मन्त्रालयबाट विधि सम्मत रुपमा कानूनी प्रक्रिया पुर्‍याई आएको प्रस्तावमा निर्णय गर्दा सिधै मन्त्रिपरिषद्ले निर्णय नगरी २०६६।०८।१६ गतेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, सामाजिक समितिमा राम्ररी छलफल गरी सबै पक्ष केलाई उपयुक्त ठानिएमा निर्णय गर्ने अधिकार सो समितिलाई दिइएको हो ।

प्रधानमन्त्रीले विधि प्रक्रिया पुर्‍याएर कागज पत्र वा प्रस्ताव आए नआएको बारेमा मुख्य सचव माथि विश्वास र भरोसा गरिन्छ ।

राष्ट्रलाई नोक्सान हुने, कानून मिचेर चल्ने कुरालाई मेरो कहिले पनि समर्थन र सहमति हुँदैन ।

सबै कुरा कानून र विधि सम्मत भएको र राष्ट्रलाई नोक्सान नहुने कुरा भएको ठानेर मन्त्रिपरिषद्को सामूहिक रुपमा निर्णय गरेको मलाई लाग्छ ।

मन्त्रिपरिषद्‍मा व्याख्या विश्लेषण गर्ने कागजपत्रको वैधानिकताको व्याख्या गर्ने काम मन्त्रिपरिषद् कार्यालयको सचिव मुख्य सचिवबाट भएको हुनुपर्छ ।

मलाई सम्झना त सबै छैन तर मुख्य सचिवबाट उचित प्रस्ताव हो, विधि सम्मत छ भनेर व्याख्या गरेको आधारमा मन्त्रिपरिषद्‍ले निर्णय गरेको मलाई लाग्छ ।

के कुन र कस्तो काबु बाहिरको परिस्थिति सिर्जना भएको भन्ने विषयको बारेमा मलाई सम्झना भईरहेको छैन ।

यी सबै विषयमा मन्त्रिपरिषद्को समितिमा विज्ञहरू तथा कानूनका जानकारहरू समेत हुने हुँदा त्यसले सबै पक्ष केलाई निर्णय गर्छ भन्ने ठानेर पनि सामाजिक समितिमा छलफल गरी समितिको निर्णय बमोजिम गर्ने भनी निर्णय भएको हुनुपर्छ भन्ने मलाई लाग्छ ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१८ मिनेट अगाडि
कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

२२ घण्टा अगाडि

रिजाल क्यानिङ्ग एण्ड कम्पनी प्रालिको संस्थापकको आफन्त समितिको संयोजक रहेको पनि जानकारी भएन र त्यो छलफलको विषय पनि बनेन ।

कुनै पनि कम्पनी वा व्यक्तिले गलत काम गरेको छ र सरकारी जग्गा हुनुपर्ने अवस्था हो भने त्यस्तो जग्गालाई वा सम्पत्तिलाई सरकारले जफत गर्नुपर्ने हुन्छ । यस्ता कुरामा मेरो पुरै साथ र समर्थन रहने छ ।

उक्त दुवै विराटनगर उपमहानगरपालिका र बनिगामा गाविसको जग्गाको मूल्याङ्कनको विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल भएको मलाई सम्झना छैन।

उक्त कम्पनीले बनिगामा गाविसमा खरिद गरेको जग्गामा केहि भागमा खाल्डो र केही भागमा कच्ची बाटो र बाँकी जग्गामा चलनचल्तीको खोला बगी रहेको र कम्पनीले हालसम्म भोगचलन नगरेको र अरु कसैले पनि कुनै भोग चलन नगरेको र हाल जग्गामा माटो तथा भरोट उत्खनन् गरिएको भन्ने कुरा अहिले भरखर मात्र थाहा भयो ।

श्री ५ को सरकारबाट मिति २०४८।१२।२३ गते भएको निर्णयको विषयमा मुख्य सचिवबाट कुनै जानकारी गराएको लाग्दैन, मन्त्रिपरिषद्को बैठकमा त छलफल भएको झनै लाग्दैन । 

मन्त्रिपरिषद्को बैठकमा छलफल गर्दा मन्त्रिपरिषद्को सामाजिक समितिमा छलफल गरी समितिको निर्णय बमोजिम गर्ने भनी निर्णय भएको सन्दर्भमा मलाई आरोप लगाउनु, दोषी ठहर्‍याउनु गलत र अनुचित आरोप हो भन्ने मेरो दावा छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

एनपीएलमा आज दुई खेल हुने

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक