शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सूचना प्रविधि विज्ञमा आवेदन खुला

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
सूचना प्रविधि विज्ञमा आवेदन खुला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्तिका लागि आवेदन खुला गरेकामा विज्ञापन सार्वजनिक भएको एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन् ।

केन्द्रले सरकारी प्रणालीको विकास, सञ्चालन र सुधारमा प्रविधि क्षेत्रका दक्ष जनशक्तिलाई सहभागी गराउने उद्देश्यले १५ पदमा ४२ जना कर्मचारी माग गरेको हो ।

केन्द्रका अनुसार पदपूर्तिका लागि गोरखापत्र र आधिकारिक वेबसाइटमार्फत विज्ञापन प्रकाशित गरिएको छ । विज्ञापन सार्वजनिक भएको छोटो समयमै १०० भन्दा बढी आवेदन प्राप्त भएको केन्द्रले शनिबार जनाएको छ ।

केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख प्रविधि विज्ञ, परियोजना तथा व्यावसायिक विश्लेषण क्षेत्र प्रमुख, सफ्टवेयर इन्जिनियरिङ क्षेत्र प्रमुख, गुणस्तर विश्लेषण क्षेत्र प्रमुख, पूर्वाधार तथा सञ्चालन क्षेत्र प्रमुख र परियोजना व्यवस्थापक पदमा आवेदन माग गरिएको छ ।

त्यस्तै, वरिष्ठ डेभलपर वा डेभअप्स इन्जिनियर, सिस्टम, नेटवर्क वा डेटाबेस प्रशासक, सिस्टम विश्लेषक, साइबर सुरक्षा विज्ञ, मध्यम तहका डेभलपर, यूआई/यूएक्स डिजाइनर, कनिष्ठ डेभलपर, गुणस्तर विश्लेषक र प्राविधिक सहायता अधिकृत पदमा पनि कर्मचारी भर्ना गरिनेछ ।

केन्द्रले सरकारी सेवा प्रवाहलाई डिजिटल, सुरक्षित र भरपर्दो बनाउनुका साथै विभिन्न सरकारी निकायका सफ्टवेयर प्रणालीको विकास र दीर्घकालीन सञ्चालनलाई प्रभावकारी बनाउने लक्ष्यसहित जनशक्ति नियुक्त गर्न लागेको जनाएको छ ।

सबै पदका लागि आवेदन दिने अन्तिम मिति सन् २०२६ नोभेम्बर ४ तोकिएको छ ।

यो पनि पढ्नुहोस्

यी हुन मन्त्रीपरिषद्का १२ निर्णय

यी हुन मन्त्रीपरिषद्का १२ निर्णय

२ घण्टा अगाडि
मुलुकमा लगानीमैत्री  विकास गर्न कानूनी स्थिरता आवश्यक

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

सूचना प्रविधि विज्ञमा आवेदन खुला

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

ठगी नियन्त्रण गर्न नयाँ संरचना अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक