शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

महोत्तरी । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सुशासन र समृद्धिको नाममा जनताको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानमाथि प्रहार गर्ने प्रयास भए सशक्त प्रतिवाद गरिने चेतावनी दिएका छन्।

महोत्तरीको जलेश्वरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित पार्टीको जिल्ला कार्यकर्ता भेला तथा जिल्ला कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले जनताको अधिकार संकुचित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन्।

भदौ २३ गतेको जेनजी आन्दोलनको स्मरण गर्दै उनले सुशासन र समृद्धिको आवरणमा लोकतान्त्रिक उपलब्धि कमजोर पार्न खोजिए त्यसको प्रतिवादमा अझ ठूलो जनआन्दोलन हुन सक्ने चेतावनी दिए।

‘यदि कसैले सुशासन र समृद्धिको नाममा जनताको अधिकार खोस्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गर्ने तथा संविधानलाई पछाडि फर्काउने प्रयास गर्छ भने भदौ २३ गतेको जेनजी आन्दोलन त केवल ट्रेलर मात्र हुनेछ। त्यसपछि अझ ठूलो जनआन्दोलन हुन सक्छ,’ उनले भने।

अन्सारीले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार र आर्थिक विकास आवश्यक भए पनि त्यसका नाममा नागरिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकार कमजोर बनाउन नहुने बताए। सुशासन र समृद्धि जनताको अधिकार सुनिश्चित गर्ने माध्यम हुनुपर्ने उनको भनाइ थियो।

‘गणतन्त्रको विकल्प उन्नत गणतन्त्र’

अन्सारीले मुलुकलाई पुरानो राजनीतिक व्यवस्थातर्फ फर्काउने प्रयासको विरोध गर्दै गणतन्त्रलाई अझ प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिए।

‘नेपाल अगाडि बढिसकेको छ। अब नेपाल फेरि पछाडि फर्किँदैन। गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो,’ उनले भने।

उनले गणतन्त्रलाई शासन प्रणाली परिवर्तनमा मात्र सीमित नराखी समानता, सामाजिक न्याय, जनताको अधिकार र राज्यका निकायमा समावेशी सहभागिता सुनिश्चित गर्ने व्यवस्थाका रूपमा विकास गर्नुपर्ने बताए। लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्दै विद्यमान कमजोरी सुधार्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

उत्पीडित समुदायको अधिकारका लागि संगठन आवश्यक

अन्सारीले मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू, महिला, श्रमिक, किसान तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न बलियो राजनीतिक संगठन आवश्यक रहेको बताए।

नेपाल संघीय समाजवादी पार्टीको संगठन विस्तार सदस्य संख्या बढाउने अभियानमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले सामाजिक न्याय, समानता र लोकतान्त्रिक रूपान्तरणका लागि जनतालाई सचेत र संगठित बनाउनुपर्ने धारणा राखे।

‘जनताको अधिकार स्थापित गर्न, विभेद अन्त्य गर्न र राज्यका सबै निकायमा समान सहभागिता सुनिश्चित गर्न संगठित राजनीतिक शक्ति आवश्यक हुन्छ। संगठन जनताबाट टाढा रहेर होइन, जनताको दुःख, पीडा र समस्यासँग जोडिएर बलियो हुन्छ,’ उनले भने।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई गाउँ, नगर, वडा र टोलसम्म संगठन विस्तार गर्न तथा जनताका वास्तविक समस्या पहिचान गरी समाधानका लागि पहल गर्न आग्रह गरे। नवगठित जिल्ला कमिटीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

संघीयता र समावेशिता कार्यान्वयन गर्न माग

अन्सारीले संघीयताको मर्मअनुसार प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए। संघीयता प्रभावकारी बनाउन आवश्यक अधिकार, स्रोतसाधन र प्रशासनिक क्षमता उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।

उनले प्रहरी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय टुंग्याउन, राज्यका निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तथा संविधानका असमानता र अपूर्णताबारे लोकतान्त्रिक बहस अघि बढाउनुपर्ने धारणा राखे।

कुनै समुदायको अधिकार सुनिश्चित गर्नु अर्को समुदायको अधिकार खोस्नु नभई सबै नागरिकलाई समान हैसियत प्रदान गर्नु भएको उल्लेख गर्दै उनले सामाजिक न्याय, समानता, समावेशिता र धर्मनिरपेक्षताको संरक्षणमा सबै लोकतान्त्रिक शक्ति जिम्मेवार बन्नुपर्ने बताए।

सरकारको काम जनताको जीवनमा आएको परिवर्तनबाट मूल्यांकन हुनुपर्छ

अन्सारीले सरकारका नीति तथा कार्यक्रमको मूल्यांकन भाषण र नाराका आधारमा नभई जनताको जीवनमा आएको परिवर्तनका आधारमा गर्नुपर्ने बताए।

यो पनि पढ्नुहोस्

कन्सुलर सेवा प्रदान गर्नु मुख्य दायित्व हुने

कन्सुलर सेवा प्रदान गर्नु मुख्य दायित्व हुने

२ घण्टा अगाडि
टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

२ घण्टा अगाडि

बेरोजगारी, महँगी, युवाको विदेश पलायन, किसानका समस्या, आर्थिक असमानता र सार्वजनिक सेवामा देखिएका कठिनाइ सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व भएको उनको भनाइ थियो।

सुशासन भ्रष्टाचार नियन्त्रणमा मात्र सीमित नहुने भन्दै उनले पारदर्शिता, कानुनी शासन, निष्पक्षता र सार्वजनिक संस्थाको जवाफदेहितालाई पनि यसको अभिन्न अंगका रूपमा व्याख्या गरे। जनताको अधिकारमा प्रतिकूल असर पार्ने नीतिको लोकतान्त्रिक रूपमा विरोध गर्नु राजनीतिक दलहरूको जिम्मेवारी भएको उनले बताए।

अग्रगामी मोर्चालाई जनताका मुद्दासँग जोड्नुपर्ने

अन्सारीले सामाजिक न्याय, समान अधिकार, संघीयता, समावेशिता र लोकतान्त्रिक मूल्यका पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

अग्रगामी मोर्चालाई चुनावी सहकार्यमा मात्र सीमित नराखी किसान, श्रमिक, युवा, महिला र उत्पीडित समुदायका समस्यासँग जोड्नुपर्नेमा उनले जोड दिए। साझा मुद्दामा सहकार्य, स्पष्ट कार्यदिशा र प्रतिबद्धताको व्यावहारिक कार्यान्वयनबाट मात्रै मोर्चा प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो।

महोत्तरीमा संगठन विस्तारलाई तीव्रता दिने

जलेश्वरमा आयोजित कार्यकर्ता भेला तथा जिल्ला कमिटी गठन कार्यक्रम पार्टीको संगठन विस्तार र जिल्ला तहको संरचना सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा जिल्लाका पालिका, वडा तथा टोलसम्म संगठन विस्तार गर्ने, नयाँ सदस्यलाई आबद्ध गराउने, राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने र स्थानीय समस्याको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने विषयमा जोड दिइएको थियो।

पार्टीमा महिला, युवा, किसान, श्रमिक, दलित, मुस्लिम, मधेशी तथा अन्य उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा पनि प्रस्तुत गरिएको थियो।

अन्सारीले पार्टीको वास्तविक शक्ति जनताको विश्वास र संगठनको सक्रियतामा निर्भर रहने उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे। नवगठित जिल्ला कमिटीले महोत्तरीमा संगठनात्मक गतिविधि व्यवस्थित गर्दै जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक