काठमाडौं । आराध्यादेव बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथु द्यःको शनिबार आगमनले स्थानीय हर्षित बनेका छन् ।
भव्य रूपमा सांस्कृतिक झाकीसहित भक्तपुरको थिमी हुँदै ललितपुरको हात्तिबनबाट कीर्तिपुर नगर परिक्रमा गराइए पश्चात बाघभैरवमा ल्याइएकाे थियाे ।
गुँदे दापा खलःको विशेष अग्रसरता हाथु द्यःको मुर्ति बनाउनेमा पूर्णता पाए पाश्चात तान्त्रिक विशेष पुजा आजा गरेर कीर्तिपुर परिक्रममा गराएर आगमन गराउने कार्य सम्पन्न भएको थियाे ।
दुईबर्षकाे अथक प्रयास प्रश्चात निर्माण भएकाे हाथु द्यःको मुर्ति सम्पन्न भएकाे थियाे । साे हाथु द्यःको मुर्ति निर्माण गराउने अतुल्नीय याेगदान दिने कालीगढहरूलाई गुँदे दापा खलःका अध्यक्ष अशोक महर्जनले सम्मान पश्चात कीर्तिपुर नगरमा प्रवेश ल्याइएकाे थियाे ।
करिब ८ फिट अग्लो हाथु द्यः अत्यन्तः कलात्मक रहेको मुर्ति निर्माण कार्य सम्पन्न गर्नमा थिमीका चर्चित कलाकार गणेश प्रजापति, बाघभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जन, रामप्रसाद महर्जन, रत्नबहादुर महर्जनले अहम् भूमिका निर्वाह खेलेको थियो ।
बाघभैरवको मुर्ति जिर्णाद्वार गर्ने क्रममा ताम्रपत्र अभिलेख फेला परेको आधारमा मुर्ति निर्माणको लागि धातु, अर्थ संकलन गरेर हाथु द्यः बनाउने कार्य शुभारम्भ गरिएको थियो ।
बाघभैरव जात्राका दिन स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनीका साथै समयबजि र हाथु द्यः भैरवको मुखबाट थ्वँ हायेकेगु (प्रसाद) वितरण कार्यले समेत पुर्णता पाउने भएको छ ।
स्थानीय जनसहभागिता, भक्तजनहरुले दिएको चन्दा संकलन गरेर हाथु द्यः निर्माणमा पुर्णता पाएकोले सांस्कृतिक पुनः जागरण हुने अपेक्षा गरिएको छ ।


