काठमाडौं । काठमाडौं महानगरपालिकाले नेवाः शैलीमा घर बनाउनेलाई ४० लाखसम्म अनुदान, कर छुट र नक्सा पासमा सहुलियत दिइने भएकाे छ ।
काठमाडौं महानगरपालिकाले उपत्यकाको मौलिक नेवाः वास्तुकला र सांस्कृतिक सम्पदा संरक्षण गर्न परम्परागत शैलीमा घर निर्माण तथा पुनर्निर्माण गर्ने घरधनीलाई ४० लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था ल्याएको छ।
महानगरको ऐनअनुसार परम्परागत नेवारी वास्तुकला झल्किने घर बनाउने वा पुराना घरको जीर्णोद्धार गर्ने घरधनीले घरको वर्ग र स्थानअनुसार अनुदान, कर छुट तथा नक्सा पासमा सहुलियत पाउन सक्नेछन्।
काठमाडौं उपत्यकाको ऐतिहासिक पहिचान, मौलिक कला र परम्परागत बस्तीको स्वरूप जोगाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
यस योजनाले परम्परागत वास्तुकलाको संरक्षणसँगै स्थानीय संस्कृति र सम्पदामैत्री सहरी विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।


