आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकपमा नेदरल्यान्ड्सकाे प्रभावशाली पहिलाे जित

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा नेदरल्यान्ड्सकाे प्रभावशाली पहिलाे जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेदरल्यान्ड्सले जारी  फिफा विश्वकप २०२६ प्रतियाेगितामा पहिलाे जित निकालेकाे छ ।

यसअघि जापानसित बराबरी खेलेर एक अंक मात्रै बटुलेकाे नेदरल्यान्ड्सले ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गर्न सफल भयाे ।

समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समुह एफ को दोस्रो स्थानमा छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ब्रायन ब्रोबीले सुरुमै दुई गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । लपहिलो खेलमा ट्युनिसियामाथि शानदार जित हात पारेको स्वीडेनले नेदरल्यान्ड्सलाई टक्कर दिने अपेक्षा थियो । तर सुरुमै दुई गोल बेहोरेपछि स्वीडेन दबाबमा परेको थियो । बल पोसेसनमामा जम्मा दुई प्रतिशतले पछि परेपनि स्वीडेनले डच भन्दा धेरै सट अन टार्गेटमा हानेको थियो । तर फिनिसिङ भने चुस्त रहन सकेन ।

विश्वकपमा पहिलो पटक पहिलो रोजाईँमा खेलेका ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् । यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरे ।

दोस्रो हाफमा नेदरल्यान्ड्सले तीन गोल थप्दा गाक्पोले दुई तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे । गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै डुमफ्राइजको असिस्टमा गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाएका थिए । यस्तै ५४औं मिनेटमा समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे । चार गोलले पछि परेपनि स्वीडेनले फर्कने प्रयास गरेको थियो । स्वीडेनका एन्थोनी एलांगाले ५९औं मिनेटमा गोल फर्काएका थिए । तर त्यसपछि थप गोल गर्न सकेन भने समरभिलले ८९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ५-१ बनाए ।

नेदरल्यान्ड्सले पहिलो खेलमा जापान विरुद्ध दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा  २-२ को बराबरीमा रोकिएको थियो । स्वीडेनमाथि प्रभावशाली जितले डच टोली नकआउट चरणमा पुग्ने लगभग पक्का भएको छ । अर्कोतर्फ पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले नै पराजित गरेको स्वीडेन भने नेदरल्यान्ड्ससँग सोही स्कोरमा पराजित हुँदे पहिलो हार बेहोरेको छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्याे

विश्वकपमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्याे

३ घण्टा अगाडि
कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक