काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।
बेलायती सेनाका चिफ अफ जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा सिग्देल बेलायत गएका हुन् ।
जङ्गी अड्डाले जनाएअनुसार बलाधिकृत रथी प्रदीपजङ्ग केसीले सिग्देलको अनुपस्थितिमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका छन् ।सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केसीले नै बिदाइ गरेका थिए । सिग्देल असोज १९ देखि २५ सम्मको पूर्वनिर्धारित तालिकाअनुसार बेलायत गएका हुन् ।


