मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ। जिल्ला प्रशासन कार्यालय दाङले लागुऔषध प्रयोग नगर्नका लागि बिद्यालय तहमै पुगेर प्रतिबद्धता गराउने अभियान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिद्यालय तहमै पुगेर जनचेतना मुलक सन्देश दिनुका साथै लागुऔषध प्रयोग नगर्नका लागि बिद्यार्थी र शिक्षकलाई प्रतिबद्धता गराउन सोमबारदेखि अभियान सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले एक हप्तामा जिल्लाका दश स्थानीय तहका दश बिद्यालय पुग्ने र बिद्यार्थी र शिक्षकलाई लागुऔषध प्रयोग नगर्नका लागि प्रतिबद्धता बनाउने अभियान सुरु गरेको हो । समुदायस्तरमा बिद्यार्थी र शिक्षक जोडिने भएकाले यस्तो अभियान सुरु गरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बिजय गौतमले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दाङले एक हप्ताको अभियान दाङको बबई गाउँपालिकाबाट सुरु गरेको छ । आगामी शुक्रबारसम्म जिल्लाका दश वटै स्थानीय तहका बिद्यालयमा पुगेर जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयको समन्वयमा बिद्यार्थी र शिक्षकलाई एकैस्थानमा राखेर लागुऔषध नियन्त्रण, यसको न्यूनीकरण जस्ता बिषयमा जानकारी गराउनुका साथै जनचेतना मुलक गीत र लघु फिल्म समेत प्रदर्शन गर्ने कार्य सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बिजय गौगमको नेतृत्वमा अभियान सुरु भएको छ । पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा लागुऔषध प्रयोग, सेवन तथा ब्यापार समेत हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले यस्तो अभियान सुरु गरेको जनाएको छ । यसका लागि यसका प्रयोगकर्ता तथा यसको दुरुपयोगमा संलग्न हुन सक्ने भन्दै बिद्यालय तहमै पुगेर यस्तो अभियान सुरु गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन बबई गाउँपालिकाको जनता माबि हंसपुर र शान्तिनगरको शिबशक्ति माबि धनौरीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रशासकीय अधिकृत बिजय गौतमले लागुऔषध प्रयोग गर्दा हुने नोक्सान, यसले मानब जीवनमा पु¥याउने क्षति र यसको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कलाकार कमल गाउलेले निर्माण गरेको दोष नामक चलचित्रलाई प्रदर्शन गरिने गरेको छ । यसले समाजमा लागुऔषध प्रयोग गर्दा मानब जीवनमा हुने समस्यालई गहिराईमा पुगे जानकारी लिन स्पष्ट हुने गरेको जनता माबि हंसपुरका शिक्षक बालकृष्ण केसीले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले समाजलाई अपराधरहित र लागुऔषधको प्रयोगमा समेत कमी हुने शिक्षक केसीको भनाई छ ।

कार्यक्रममा जनक गन्दर्भ र हेमराज गन्दर्भले समेत गीत मार्फत् लागुऔषध प्रयोगले पार्ने दुरगामी समस्या, यसको प्रयोग नगर्न र यस्ता क्रियाकलापमै संलग्न हुन नदिनका लागि समेत प्रेरित गर्ने गीत प्रस्तुत गर्ने गर्दछन् । प्रेमबहादुर राम्जा

यो पनि पढ्नुहोस्

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

२ हप्ता अगाडि
प्रहरी प्रमुखसहित ३३ जना एसएसपीको सरुवा

प्रहरी प्रमुखसहित ३३ जना एसएसपीको सरुवा

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक