शुक्र, जेष्ठ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

निजामती कर्मचारीमा व्ययभार घटाउँदै सरकार, विधेयक तयार

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
१२ हजार पुराना कर्मचारी बिदा गरिँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सरकारले एकै पटक करिब १२ हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐनको नयाँ विधेयक तयार गरेको छ । कर्मचारीतन्त्रलाई छरितो, प्रविधिमैत्री र कम खर्चिलो बनाउने उद्देश्यसहित ल्याउन लागिएको विधेयकमा ५५ वर्ष उमेर पूरा गरेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई विशेष व्यवस्थाअन्तर्गत अनिवार्य अवकाश दिने प्रावधान राखिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा विधेयकको मस्यौदा हाल कानुन मन्त्रालयमा अध्ययन तथा छलफलका क्रममा रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले निजामती प्रशासन सुधारलाई प्राथमिकतामा राख्दै कर्मचारीतन्त्रको आकार घटाउने, खर्च नियन्त्रण गर्ने र कार्यसम्पादन क्षमता बढाउने लक्ष्यसहित यो व्यवस्था अघि बढाएको हो ।
सरकार स्रोतका अनुसार ऐन लागू भएको मितिमा ५५ वर्ष उमेर पूरा गरेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि विशेष प्रावधानमार्फत अनिवार्य अवकाशमा पठाइनेछ । यसबाट विशेषगरी सचिव, सहसचिव र उपसचिव तहका ठूलो संख्यामा कर्मचारी प्रभावित हुनेछन् । निजामती किताब खानाको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नियमित प्रक्रियाअनुसार अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या २ हजार २ सय ११ छ । तर नयाँ कानुन लागू भएमा नियमित अवकाशबाहेक थप करिब १० हजार कर्मचारी सेवाबाट बाहिरिनेछन् । यसरी कुल संख्या झन्डै १२ हजार पुग्ने सरकारी अनुमान छ ।
सरकारको दाबी छ, कर्मचारीतन्त्रमा बढ्दो व्ययभार नियन्त्रण गर्न र प्रशासनिक संरचनालाई चुस्त बनाउन यो कदम आवश्यक भएको हो । पछिल्ला वर्षहरूमा तलब, भत्ता, पेन्सन र अन्य सुविधामा राज्यको ठूलो बजेट खर्च हुँदै आएको छ । कर्मचारी संख्या घटेपछि दीर्घकालीन रूपमा सरकारी खर्चमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेकै दिन सार्वजनिक गरेको सरकारको कार्ययोजनामा ४५ दिनभित्र संघीय निजामती सेवा ऐन तर्जुमा गर्ने घोषणा गरेका थिए । सोही प्रतिबद्धताअनुसार सामान्य प्रशासन मन्त्रालयले करिब एक महिनामै विधेयकको मस्यौदा तयार पारेको हो ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रधानमन्त्रीको प्रशासन सुधारसम्बन्धी मार्गदर्शनअनुसार विधेयक तयार पारेर कानुन मन्त्रालयमा पठाएकी छन् । कानुन मन्त्रालयका अधिकारीहरूले विधेयक प्राप्त भएको पुष्टि गर्दै त्यसका विभिन्न प्रावधानमाथि छलफल भइरहेको बताएका छन् । संघीयता कार्यान्वयनको दृष्टिले समेत यो विधेयकलाई महत्त्वपूर्ण मानिएको छ । संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि संघीय निजामती सेवासम्बन्धी कानुन बन्न नसक्दा प्रदेश सरकारहरूले आफ्नै कर्मचारी प्रशासन विकास गर्न सकेका छैनन् । संविधानले प्रदेशलाई आफ्नै कर्मचारी संरचना बनाउने अधिकार दिए पनि संघीय कानुन अभावमा त्यसको कार्यान्वयन रोकिएको छ । यही विषयलाई लिएर गत ३ वैशाखमा प्रधानमन्त्री शाहले बोलाएको बैठकमा मुख्यमन्त्रीहरूले संघीय निजामती सेवा ऐन तत्काल ल्याउन आग्रह गरेका थिए । प्रदेश सरकारहरूले कर्मचारी व्यवस्थापनमा संघमाथिको निर्भरता अन्त्य गर्न कानुन अपरिहार्य रहेको धारणा राखेका थिए ।
संघीय निजामती सेवा ऐनको प्रतीक्षा लामो समयदेखि हुँदै आएको छ । प्रतिनिधिसभाको २०७४ र २०७९ दुवै कार्यकालमा सम्बन्धित विधेयक संसद्मा पेस भए पनि विभिन्न राजनीतिक विवाद र कर्मचारी संगठनहरूको असहमतिका कारण कानुन बन्न सकेको थिएन । यसपटक भने सरकारले प्रशासनिक सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएकाले विधेयकलाई छिट्टै अघि बढाउने तयारी गरेको छ । सरकारको अर्को प्रमुख लक्ष्य कर्मचारीतन्त्रमा पुस्तान्तरणलाई तीव्र बनाउनु रहेको बताइएको छ । उच्च तहमा लामो समयदेखि कार्यरत कर्मचारीहरू अवकाशमा गएपछि उनीहरूको स्थान युवा तथा प्रविधिमैत्री कर्मचारीले लिने विश्वास सरकारको छ । डिजिटल प्रशासन, सेवा प्रवाहको आधुनिकीकरण र नतिजामुखी कार्यशैली लागू गर्न नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको निष्कर्ष सरकारको छ ।
सरकारी अधिकारीहरूका अनुसार पुरानो संरचनाबाट नयाँ प्रशासनिक संस्कृतितर्फ जान कर्मचारी व्यवस्थापनमा ठूलो हस्तक्षेप आवश्यक देखिएकाले विशेष अवकाशको व्यवस्था प्रस्ताव गरिएको हो । यसबाट निर्णय प्रक्रियामा गति आउने, प्रशासनिक तहहरूमा रिक्तता सिर्जना हुने र सक्षम जनशक्तिलाई माथि आउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । विधेयकमा राजनीतिक तटस्थतालाई कडाइका साथ लागू गर्ने प्रावधान पनि राखिएको छ । राजनीतिक दल, तिनका भ्रातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध कुनै पनि संगठनको सदस्यता लिने निजामती कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

मस्यौदाअनुसार कुनै कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्न सकिनेछ । यसअघि संसद्मा पेस भएका विधेयकहरूमा बर्खास्तगीको व्यवस्था भए पनि अहिलेको मस्यौदामा भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने थप कडा प्रावधान समावेश गरिएको छ ।
सरकारले यो ऐन लागू भएपछि कर्मचारीतन्त्रमा लामो समयदेखि जरा गाडेर बसेका विकृति, विसंगति र राजनीतिक हस्तक्षेपमा कमी आउने अपेक्षा गरेको छ । साथै, संघीयताको कार्यान्वयनमा देखिएको कानुनी शून्यता अन्त्य हुनुका साथै प्रशासनिक संरचना थप चुस्त, सक्षम र उत्तरदायी बन्ने विश्वास गरिएको छ । सेवा अवधि र उमेरका आधारमा सामूहिक अवकाशको व्यवस्था लागू हुँदा त्यसको कानुनी, प्रशासनिक र वित्तीय प्रभावबारे पनि बहस सुरु हुने संकेत देखिएको छ । कर्मचारीतन्त्रको आकार घटाउने, खर्च नियन्त्रण गर्ने, राजनीतिक प्रभाव कम गर्ने र प्रविधिमैत्री प्रशासन निर्माण गर्ने लक्ष्यसहित तयार पारिएको संघीय निजामती सेवा विधेयक आगामी दिनमा सरकारको सबैभन्दा महत्वपूर्ण सुधार एजेन्डामध्ये एक बन्ने देखिएको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

१ हप्ता अगाडि
महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

बर्षा हुने सम्भावना

बालेन अभिव्यक्तिको सीमा तरंग !

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक