शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

के गल्ती गरे प्रधानमन्त्री बालेनले ?

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
0
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले नेपालको राजनीतिक वृत्त तरंगित भएको छ । गत जेठ १७ मा संसद्मा पहिलो पटक बोल्दै उनले भारतले मात्र नेपालको भूमि मिचेको नभई नेपालले पनि भारतको भूमि मिचेको पाइएको भनेका थिए । यो अभिव्यक्तिप्रति विपक्षी दलहरूले विरोध गर्दै संसद्मा अवरोध गरेका छन् । तर प्रश्न उठ्छ, के वास्तवमा प्रधानमन्त्री बालेनले यस्तो बोलेर गल्ती नै गरेका हुन् ?
नेपाल–भारतबीचको सीमा विवाद मुख्य रूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा केन्द्रित छ । यो विवाद सन् १८१६ को सुगौली सन्धिमा फर्किन्छ । सन्धि अनुसार काली नदी नेपाल र ब्रिटिश भारतको सीमा हो । तर नदीको मुहान लिम्पियाधुरा हो, त्यसअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूभाग हो र यसलाई तत्कालीन ब्रिटिश इन्डिया कालीन नक्सालगायत विभिन्न प्रमाण र त्यसपछिका विभिन्न नक्साले पनि पुष्टि गर्छ । तर विगतका शासकको गल्तीले यी भूभाग अहिले भारतको कब्जामा छ । भारतले कालापानी क्षेत्रमा सन् १९६२ को भारत–चीन युद्धको समयमा सुरक्षा फौज राखेको थियो । पछिल्लो समय नेपालले पटक–पटक यो अतिक्रमणको कूटनीतिक रूपमा विरोध गरेको छ, तर ठोस प्रगति भएको छैन ।
यो क्षेत्र सामरिक रूपमा महत्वपूर्ण छ किनकि यो भारत, नेपाल र चीनको त्रिदेशीय बिन्दुमा पर्छ । भारतले आफ्नो सुरक्षा आवश्यकताका कारण यो क्षेत्र छोड्न तयार देखिँदैन । नेपालले भने ऐतिहासिक नक्सा, सुगौली सन्धि र पुराना ब्रिटिश रेकर्डलाई प्रमाण मान्छ । यतिका अवधिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिन नसक्नु नेपालको कूटनीतिक र राजनीतिक कमजोरी हो । यसमा विभिन्न कारण पनि छन् । नेपाल भारतको तुलनामा सानो र निर्भर छ । व्यापार, ऊर्जा, यातायात र खुला सीमामा भारतसँगको निर्भरता छ । बारम्बार सरकार परिवर्तन, गठबन्धनको अस्थिरता र राष्ट्रिय हितभन्दा पार्टी हित प्राथमिकतामा पर्नुले पनि समस्या बढाएको छ । उच्चस्तरीय संवाद नियमित भएन । सन् १९८१ मा गठित संयुक्त प्राविधिक समिति र २०१४ को बाउन्ड्री वर्किङ ग्रुपले केही प्रगति गरे पनि विवादित क्षेत्रमा ठोस समाधान भएन । चीनले यो क्षेत्रमा भारतलाई साथ दिएको देखिन्छ भने बेलायतले ब्रिटिश कालको सन्धि भएकोले चासो देखाएको छैन ।
यो समस्या समाधान गर्न सैनिक बल प्रयोग गर्ने विकल्प कल्पनाभन्दा बाहिरको कुरा हो । दुवै देशबीच सन्धि र मैत्रीपूर्ण सम्बन्ध छ । सैनिक विकल्पले क्षेत्रीय अस्थिरता निम्त्याउँछ र नेपाललाई ठूलो क्षति पु¥याउँछ । यसैले संवादको वातावरण बनाएर नै समस्या समाधान गर्नुपर्छ । प्रधानमन्त्री बालेनले पनि यही कुरा भनेका छन्, इतिहासकार, सर्वेक्षक र विज्ञहरूको टोली बनाएर तथ्यमा आधारित छलफल गर्नुपर्ने । यो व्यावहारिक बाटो हो । द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने, तटस्थ नक्सा र पुराना दस्तावेज अध्ययन गर्ने, साना दसगजा क्षेत्रका मुद्दालाई अलग गरेर मुख्य विवादित क्षेत्रमा फोकस गर्ने र जनस्तरको सम्बन्धलाई बलियो बनाएर दबाब सिर्जना गर्ने नै उत्तम उपाय हुन् ।
प्रधानमन्त्री बालेनको मुख्य अभिव्यक्ति दुई भागमा थियो । पहिलो, दुवै पक्षबाट अतिक्रमण भएको स्वीकारोक्ति र दोस्रो, तेस्रो पक्ष चीन र बेलायतको उपस्थिति प्रस्ताव । तर, भारतले तेस्रो पक्षको भूमिकालाई स्पष्ट अस्वीकार गरेको छ । बालेनले सत्य बोल्ने प्रयास गरेका छन् । सीमा समस्या एकतर्फी होइन भन्नु यथार्थपरक छ । धेरैजसो अतिक्रमण साना नदी परिवर्तन र दसगजा क्षेत्रका हुन् भने मुख्य दाबीमा नेपाल अडिग छ भन्ने परराष्ट्र मन्त्रालयको स्पष्टीकरण पनि आएको छ । शाहले द्विपक्षीय संवाद र विज्ञ टोलीको प्रस्ताव गरेका छन्, जुन सकारात्मक छ ।
विपक्षी दलहरूले अहिले बालेनको राजीनामा मागिरहेका छन् । तर के उनीहरलाई यसको नैतिक अधिकार छ ? विपक्षी दलहरू नेपाली कांग्रेस, एमाले लगायतले बालेनलाई कमजोर भनेर आलोचना गर्दा आफ्नो विफलता ढाकछोप गर्न खोजेका हुन् । केपी ओली सरकारले २०२० मा नक्सा जारी ग¥यो तर कूटनीतिक रूपमा भारतसँग ठोस समाधान निकाल्न सकेन । शेरबहादुर देउवा नेतृत्वमा पनि उच्चस्तरीय संवाद भएन । विगतका सरकारहरूले ६४ वर्षसम्म कालापानी फिर्ता ल्याउन कुनै ठोस कदम चालेनन् । राजनीतिक नारा लगाए तर कूटनीति र प्रमाण संकलनमा ध्यान दिएनन् । धेरै नेता भारत भ्रमणमा जाँदा सीमा मुद्दा उठाउने आँट गरेनन् वा उठाए पनि फलोअप गरेनन् ।
यी नेताहरूले बालेन जसरी खुलस्त बोलेनन् । उनी नयाँ अनुहार हुन्, कुनै पुरानो सिन्डिकेटसँग जोडिएका छैनन् । त्यसैले उनीमाथि आक्रमण बढी भयो । उनीहरूको चिच्याहट राष्ट्रवादको आवरणमा आन्तरिक राजनीतिक खेल मात्र हो । प्रधानमन्त्री बालेनको अभिव्यक्ति द्विपक्षीय तथ्यमा आधारित र संवादमुखी बनाउने दृष्टिकोणले सही छ । सीमा समस्या समाधान गर्न सैनिक शक्ति होइन, निरन्तर कूटनीति, प्रमाण संकलन, अन्तर्राष्ट्रिय कानुन र दुई देशबीचको विश्वास निर्माण चाहिन्छ । नेपालले बलियो कूटनीति अपनाएर, आन्तरिक एकता कायम गरेर र भावनामा होइन तथ्यमा आधारित अडान लिएर मात्र विवादित भूमि फिर्ता लिन सक्छ । प्रधानमन्त्री बालेनले यो बहस सुरु गरेका छन् । अब यसलाई सकारात्मक दिशामा लैजानु सबैको जिम्मेवारी हो । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

९ घण्टा अगाडि
नेपाल–भारत सीमा विवादमा भारतको फरक मत

नेपाल–भारत सीमा विवादमा भारतको फरक मत

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

नेपाल राष्ट्रसङ्घीय महासभाको अध्यक्षमा निर्वाचित

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक