बिहि, साउन ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित सडकमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२-०१७ प.१३१० नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा चालक बर्दिया मधुवन नगरपालिका-६ बस्ने २५ वर्षीय अनिल पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसि अस्पताल भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

कास्की, पोखरा महानगरपालिका-१५ ढुँगेसाँघुस्थित सडकमा ग.१ ज ८२५० नम्बरको हायस र ग.१३ प ६०२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१५ टुटुङ्गा बस्ने १९ वर्षीय सौगात भन्ने लोक बहादुर गुरूङको मृत्यु भएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, दमक नगरपालिका-४ भाईरल रोड संगम चोकस्थित सडकमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५४८२ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-३ बस्ने ५३ वर्षीय रन बहादुर बिष्टको मृत्यु भएको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कारले ठक्कर दिँदा साइकल अनियन्त्रित भई प्रदेश १-०१-०१५ प १४४ नम्बरको मोटरसाइकलमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रिफर गरिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ छहरागैरास्थित सडकमा बुटवलबाट तानसेन पाल्पातर्फ जाँदै गरेको लु.२ ख १७१९ नम्बरको टिपर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ सिसुवा बस्ने ३५ वर्षीय हेम बहादुर लम्तरीको मृत्यु भएको छ । ‍दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

१ दिन अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक