शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

?????? ??????????? ?????? – ???????? ????????, ? ???? ????? ???????? ?????? ??????????? ????????? ?????? ?????? ???? ??????????????? ???? ??? ?????? ??????? ????, (?? ?????)?? ?????? ?????? ???????????? ???????? ????????? ? ??????? ?????????? ?????÷????

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको जनाएका छन् ।

मेट्रो ट्राफिक एफएम ९५.५ को १४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले अपराधविरुद्ध जनचेतना फैलाउन तथा सुरक्षासम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न एफएमले महत्त्वपूर्ण काम गरेको जनाए ।

आगामी दिनमा क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवद्र्धनात्मक, गुणस्तरीय एवं विश्वसनीय नागरिक केन्द्रित कार्यक्रम प्रसारण गर्न एफएमलाई उनले निर्देशन दिए । उनले सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व भएको जनाए ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि प्रहरी, नागरिक र तीनै तहका सरकारबीच सहकार्यको खाँचो औँल्याउनु भयाे । उनले नागरिक सुरक्षामा खटिइने प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्न ट्राफिक एफएमले सेतुको काम गरिरहेको स्मरण गरे ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले समाजमा शान्ति सुरक्षा र अमनचैन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन प्रहरीलाई साधन स्रोत सम्पन्न बनाइनुपर्नेमा जोड दिए ।

महानायक राजेश हमालले ट्राफिक व्यवस्थापन प्रहरीको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै आमनागरिकले पनि त्यसमा हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार र प्रविधिमा लगानी गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाएका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले ट्राफिक प्रहरी, चालक र यात्रुबीच सूचनाको सेतु बन्न एफएम सफल भएको जनाए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीउधन रक्षा गर्न एफएमले ट्राफिक व्यवस्थापन, मौसम र हवाई सेवालगायत प्रत्येक ३०/३० मिनेटमा ‘ट्राफिक अपडेट’ दिँदै आएको जानकारी गराए ।

यो पनि पढ्नुहोस्

इन्सपेक्टर विशाल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

इन्सपेक्टर विशाल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

२ दिन अगाडि
दुई हजार सवारी चालक कारबाही

दुई हजार सवारी चालक कारबाही

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक